विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लालपूर्जा सँगै विरुवा बितरण अभियान सञ्चालन

सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम।

नापी कार्यालय धनुषाले जग्गाधनी प्रमाणपत्र लालपूर्जा वितरण संगसंगै विरुवा बितरण कार्यक्रम जोडतोडका साथ गर्दैछ। शुक्रवार र शनिवार जनकपुरधाम उ.म.न.पा.वाडा नं.२५ (साविक लोहना) मा १ पूर्जा १ विरुवा बितरण गरेको छ । लालपूर्जा बितरण संगै पर्यावरण संरक्षण अभियानलाई जोडन विरुवा बितरण पनि संगसंगै लानुपर्छ भनी वन अधिकृत सुरेश शर्मा संगको छलफल अनुसार ट्रायलको रुपमा कार्यालयले गत आ.व.मा साबिकको देउरी परबाहामा लालपूर्जा संगै विरुवा बितरण गर्दा जनमानसमा सकारात्मक उत्साह प्रदान गरेकोले यस बर्ष पनि निरन्तरता दिइएको कार्यालय प्रमुख सुमन मिश्रा बताउनुहुन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हिजो र आज २ दिनमा गरी करिब ६०० लालपूर्जा संगै ६०० विरुवा बितरण गरिएको र यस कार्यका लागि अभिप्रेरित गर्ने वन अधिकृत सुरेश शर्मा, बिरुवा उपलब्ध गराउने डि.व.का. धनुषा र उत्साह पूर्वक सहभागी सम्पुर्ण स्थानीय बासिन्दा प्रति आभार सहित धन्यवाद ज्ञापन गर्दै चालु बर्षमा १०हजार लालपूर्जा संगै १०हजार विरुवा बितरण गरिने अमिन रामडुलर साह बताउनुहुन्छ ।

लालपूर्जा संगै विरुवा बितरण प्रती स्थानीय वडाध्यक्ष, बुद्धिजिवी, नागरिक समाज, महिला लगायत सम्पूर्ण स्थानीयवासी खुशी प्रकट गर्दै धन्यवाद सहित भविष्यमा समेत यस प्रकार पर्यावरण संरक्षण अभियानमा आफूहरूको सहयोग र सहकार्य रहने प्रतिबद्धता ब्यक्त गरेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed