विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कलैया उप-नगरपालिकाको हिउदे दसौ नगर सभा पुरा

सिम्रौन्गढ़ नपा psa

कलैया,बारा।

बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको दसौं नगर सभा आज पूरा भएकोछ। नगर सभामा नगर भरिमा भए गरेका व्यतीथि अनियमितता तथा विभिन्न समस्याहरुका समाधानका लागि हरेक ठाउका स्थानीय तथा जिम्मेवार हरुको तर्फबाट सकारात्मक भुमिका निर्वाहको लागि अगाडि बढ्नु पर्नेमा आफुहरु जिम्मेवार रहेको भन्दै जोड दिएका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कलैया उपमहानगरपालिकाको दसौं हिउँदे अधिबेशन दरबार होटेलको सभा हलमा गरिएको हो। नगर सभामा राष्ट्रगान पश्चात् विरसहिदहरुको सम्मानमा मौन धारण गर्दै पानसमा दिप प्रज्वलित गरि कार्यक्रम सुरुवात गरिएको थियो। कार्यक्रममा नगर कार्यालय प्रमुख नाथु साहले स्वागत मन्तव्य राखे पश्चात् नगर उपप्रमुख रौशन प्रबिनले पुन प्रशासकीय अधिकृत साहलाइ प्रस्तुतिको लागि आदेश दिएका थिए।

नगर प्रमुख बिनोद प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख रौशन प्रबिन प्रशासकीय अधिकृत नाथु साह कलैया उपमहानगर पालिका का एक देखि २७ वडाका अध्यक्ष कार्यपालिका सदस्य तथा नगर सभा सदस्य लगायतको उपस्थिति रहेको थियो। कलैया उपमहानगरपालिकाले २०७९/०८० मा विनियोजित गरेको कुल रकमको ५.४५ प्रतिशत मात्र छ महिनामा खर्च गरेको सार्वजनिक गरेका छ्न। नगरसभा कार्यक्रम संचालन सुरेश दमलले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed