CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राष्ट्रिय कृषक महासंघ नेपालको कलैया नगर समिति गठन

फेटा GP PSA
713
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, कलैया, बारा।

राष्ट्रिय कृषक महासंघ नेपालको कलैया उपमहानगर समिति गठन भएको छ । शिवचन्द्र साह सोनारको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ । उपाध्यक्षमा महजनिया देवी राम , कोषाध्यक्षमा रेषम चौधरी , सचिवमा महादेव चौधरी सह- सचिवमा शेषा खातुन सदस्यमा धर्मेन्द्र प्रसाद कुशवाहा , प्रभु प्रसाद यादव , लिला देवी चौधरी , शरदा देवी राम सर्वसहमत चयन भएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

राष्ट्रिय कृषक महासंघ नेपाल बाराको अध्यक्ष एवं मधेश प्रदेश सचिव जोगानन्द प्रसाद कलवारको अध्यक्षतामा भएको कार्यक्रमा कलैया उपमहानगरपालिका समिति गठन गरिएको छ । जिल्ला अधिवेश प्रतिनिधिमा प्रभु प्रसाद यादव, धर्मेन्द्र कुशवाहा, शारदा राम लगायत ६ जना सर्वसहमत चयन भएका छन। राष्ट्रिय कृषक महासंघ नेपालले स्वटीभ परियोजना भि एस ओ नेपालको आर्थिक सहयोगमा बारा र रौतहटमा सञ्चालन भईरहेको महासंघका बारा अध्यक्ष कलवारले जनकारी गराएका थिए ।

Karaiya Mai Notice Winter

उत्थानशिलता जिविकापार्जन सम्बन्धि विभिन्न गतिविधिहरू परियोजनाले संचालन गरिरहेको कलवारले कार्यक्रममा जनकारी गराएका थिए । बाराको कलैया उपमहानगरपालिकाको वडा नम्वर २४ स्थित मनहर्वामा जन सहभागी कृषक समूह र जितपुर सिमरा उपमहानगरपालीकाको वडा नम्वर १४ संक्षम कृषक समुहमा पर्यावरणीय कृषि प्रणालीको अभ्यास कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष कलवारले जनकारी गराएका हुन ।

जितपुर सिमरा उपमहानगपालीका वडा नम्वर १९ इनर्वा सिरामा र कलैया उपमहानगरपालीकाको वडा नम्वर २४ मा गढीमाई महिला कृषक समुहमा जिविको पार्जन सुधारका लागि पोषण बगैँचा कार्यक्रम माफर्त पोषण व्यवहार परिवर्तनका गतिविधिमा मल्चीङ्ग प्रणाली मार्फत कृषि समाजिक तथा बीउ विजन उपलब्ध गराउनुका साथै कक्षा सञ्चालन गर्दै गरेको जनकारी गराएका छन ।

कलैया उपमहानगरपालिकाको वडा नम्वर २,१६ र २४ जितपुर सिमरा उपमहानगरपालिकाको वडा नम्वर १४, १५ , र १९ मा तीन तीन वटा समुहहरू समेटी वडा र पालिका समिति गठन गरिएको परियोजना अधिकृत अंकृता नेपालले जनकारी गराएका छन । परियोजना लागू भएका समुहहरूमा महिला उपलब्धता महिला मैत्री औजारहरू समेत वितरण गरिएको अधिकृत नेपालले जनकारी गराएका छिन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश