विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा दुर्घट्नामा परि ज्यान गुमाएका पुन्यात्मा प्रती श्रद्धाञ्जली अर्पण

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हिजो बिहान काठमाण्डौ बाट पोखराका लागि यती एयरलाइन्सको जहाज त्रासपुर्ण दुर्घटनामा परेको खबरले हामी सबैलाई स्तब्ध बनाएको भन्दै दुर्घटनामा परी ज्यान गुमाउनु हुने सबै आत्मा प्रति राष्ट्रिय स्वतन्त्र पार्टी बाराले भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा सोकाकुल परिवार तथा आफन्तजनमा गहिरो संवेदना प्रकट गरेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्ला सभापति चंदन स्वर्णकारले श्रद्धाञ्जली सभामा घटना बारे मात्र समिति गठन नगरी छानबिन नतिजा सार्वजनिक गरेर दोषी लाई कार्यवाही तथा पीडितहरु लाई क्षतिपूर्ति प्रदान गर्न जोडदार मांग गरेका छन्। आफ्नो पार्टीको गृहमन्त्री भएकोले जिल्ला बासीले प्रश्न चिन्ह खडा गर्ने भएकोले आफ्नो पार्टी लाई खबरदारी गरेका छन्।

बारा जिल्लाको सदरमुकाम कलैयाको भरत चौकमा मैनबति बाली श्रद्धाञ्जली अर्पण गरेका छन। श्रद्धाञ्जली कार्यक्रममा अनाहकमा ज्यान गुमाएका आत्माहरु लाई शान्ती तथा स्वर्गवास होस भनी कामनाका साथ एक मिनेट मौन धारण समेत गरेका छन। त्यस्तै शोकाकुल परिवारमा इश्वरले धैर्यधारण प्रदान गरून् भन्ने कामना गरेका छन्।

जिल्ला सभापती स्वर्णकारको नेतृत्वमा उप-सभापती ज्ञानेश्वर तिवारी, कलैया नगर सभापती संजु यादव, भोला गुप्ता, संदिप कुश्वाहा, हस्तम अंसारी लगायतको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed