
कलैया, बारा।
आजको युगमा आफ्नो स्वार्थ बाहेक अरु कुरा सोच्न नसक्ने भए पनि केही यस्ता पुन्यात्माहरु रहेका छन् जसले मानवताको बारेमा आस्था तथा सहानुभूति राख्ने गरेका छन् । सोही अनुरुप केही यस्ता आत्माहरु रहेका छन् यो हाम्रो समाजमा जसको बारेमा यो पवित्र चाडमा पनि उनीहरू लाई खाना तथा सहानुभूति बाडेर होली पर्व मनाएका छन्।




‘नयाँ कदम नेपाल’ संस्थाका अध्यक्ष रंजीत कुमार पाण्डेयको नेतृत्वमा कलैया उपमहानगरपालिका-४ स्थित अमृता अनाथ आश्रमका बालबालिकाहरू लाई संस्थाको कार्यकारिणी समितिका पदाधिकारीहरूले आफ्नो परिवारकोरुपमा व्यवहार वहन गरी होलीको उपलक्ष्यमा भोजन उपलब्ध गराएर मानवताको बोध राख्नु पर्ने कार्य गरेको छ।
यस अवसरमा ‘नयाँ कदम नेपाल’ का पदाधिकारीहरू मनीषा दुबे (उपाध्यक्ष), अनुराधा अधिकारी (सचिव), मकसूद मिया (कोषाध्यक्ष), बृजेश्वर कुमार साह (सदस्य), जाऊलहक अंसारी, कृष्ण कुमारी अधिकारी, प्रमिंद्र राम, मोहन दास तात्मा लगायतको उपस्थित रहेकोे थियो ।






4ozwqf
8ospmh
6qv2n3