CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रात्री कालिन समयमा पनि सिमराजीतपिर गोल्डकपमा दर्शकको घुइँचो

फेटा GP PSA
923
सिम्रौन्गढ़ नपा psa

सिमराजीतपुर, बारा।

तेर्हौ जीतपिर सिमरा गोल्ड कप २०७९को आज समुद्घाटन भएको छ। चैत १८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीले मोटरसाईकल वा स्कुटर पाउनेछन्। प्रतियोगिताका विधागततर्फका उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २० हजार रुपैयाँ पाउनेछन । आयोजकले यस वर्ष पनि उदयीमान स्थानिय खेलाडी लाई १५ हजार रुपैयाँले पुरस्कृत गर्ने जनाइएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नव जनजागृती युवा क्लबको आयोजना तथा जगदम्बा स्टीलस र हुल्लास स्टीलस एवं सुर्या नेपाल, कोकाकोलाको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो। फुटबल खेलाडीहरुको मनोबल उच्च बनाउनुको साथै हाम्रो समाजमा पनि खेलप्रति रुचि राख्ने खेलाडीहरुले आफ्नो व्यक्तित्व विकासका साथै राष्ट्रको पहिचान समेत गौरवान्वित गर्ने भएकोले उक्त खेल आयोजना गरिएको आयोजक संस्थाका महासचिव शम्भु सिंह ठकुरीले स्वागत मनतव्य राख्दै बताए।

२०६६ देखि सञ्चालन गर्दै हरेक वर्ष राष्ट्रिय स्तरको खेल गराउन सफल भएको बारे प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले शुभकामना समेत पठाएको विशिष्ट अतिथि नगर प्रमुख राजन पौडेलले बाचन गरेको बारे बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ (किशान)ले आफू पनि गौरवान्वित भएको तथा ध्यानाकर्षण भएकोमा खुशी व्यक्त गरेका थिए। कार्यक्रम लाई उद्घाटन गर्दै पुर्व मन्त्री किसानले भने, खेलकुद पनि विकासको एक अंग भएकोले यसलाई पनि संगसंगै लिएर अगाडी बढ्न आवश्यक रहेको बताएका थिए।

फ्लड लाइटमा साँझ ६ः०० बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृती यूवा क्लब सिमरा र केबिएग्लोबल भरतपुर फुटबल क्लब चितवनबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा ए डिभिजनका ४ क्लब सहित १० टोलीको सहभागिता रहेको छ । ए डिभिजन टोली साविक विजेता न्युरोड टिम एन आर टी, एपि एफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब तथा बिएफसी चितवन, मकवानपुर ११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, वीरगन्ज युनाइटेड क्लब र आयोजक नव जनजागृती युवा क्लबले प्रतिस्पर्धा गर्नेछन्।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश