CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अधिकारीले दिए (NRNA NCC) अमेरिकाको बोर्ड सदस्यमा उम्मेद्वारी

फेटा GP PSA
1,041
सिम्रौन्गढ़ नपा psa

अमेरीका ।।  एक दशक भन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार रोशन अधिकारीले गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्क (NRNA NCC) अमेरिकाको बोर्ड सदस्यमा उम्मेद्वारी दिएका छन् । चितवनको पत्रकारिता इतिहासको शुरुवाती देखि नै अधिकारीले छापा माध्यमको पत्रिका प्रकाशन गरेर समाजमा तेस्रो आँखाको भूमिकाको रुपमा आफूलाई स्थापित गराउन सफल अधिकारीको उम्मेद्वारी परे सँगै अमेरिकामा उनी एका एक चर्चामा आएका छन् । चितवनमा छापा पत्रकारिताले भर्खरै पाइला अगाडि बढाइरहेको समयमा अधिकारीले नारायणी साप्ताहिक पत्रिका नारायणगणको पोखरा बसपार्कबाट प्रकाशित गरेर आफ्नो क्षमता प्रदर्शन गरेका थिए । प्रायः समय सामाजिक क्षेत्रैमा विताउन रुची राख्नेन अधिकारीको अधिकाँश उर्जाशिल समय सामाजिक कार्यमा नै विताएका हुन् ।

सानैदेखि सामाजिक कार्यमा केही गरौँ भन्ने भावना लिएका व्यक्तिका रुपमा परिचत चितवन नारायण घाट बस्ने अधिकारी
अमेरीका पुगेपछि पनि पत्रकारिता क्षेत्रलाई अंगालि रहेका छन् । विद्यार्थी जीवनदेखि नै विभिन्न संघसंस्थाको नेतृत्व सम्हालेका अनुभवी अधिकारी अमेरीका पुगेपछि पनि देशको माया लाइ नबिर्सेर सामाजिक कार्यलाई निरन्तरता दिएका हुन् । अधिकारीले पत्रकारिता पेशा संगसंगै एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको वर्तमान सचिवको रुपमा प्रभावकारी ढंगले आफ्नो कार्य सम्पादन गर्दै आइरहेका हुन् । एनसीसी अमेरिकाको क्यालिफोर्निया राज्य च्याप्टरको सचिवको जिम्मेवारी पूरा गर्दै अधिकारीले छोटो समयमा नै अमेरिकामा रहेका नेपालीहरुको मन जित्नि सफल भएका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

क्यालिफोर्नियाको सान फ्रान्सिको बे एरियामा बस्दै आएका अधिकारीले सामाजिक क्षेत्रमा गरेको कामको अनुभवले गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का (NRNA NCC) अमेरिकाको बोर्ड सदस्यमा उम्मेद्वारी दिएका हुन् । अमेरिकामा रहेका नेपालीहरुलाई संगठित पार्दै सबैको हक, अधिकार सुनिश्चित बनाउँदै साझा संस्थाको रुपमा विकास गराउनका लागि आफूले उम्मेद्वारी दिइएको अधिकारीले बताए । अधिकारीले २०१७-२०१९ कयालिफोर्निया राज्य च्यापटर सचिवको रुपमा काम गरिसकेका हुन् ।

सानैदेखि विभिन्न संघसंस्थामा रहेर काम गरेको लामो अनुभव रहेकाले आफूलाई जिताउन सबैसंग उनले आग्रह समेत गरेका हुन् । अधिकारीले आगामी चुनावको लागि सबैसँग सबैतिरबाट सहयोग पाउने बिश्वास राख्दै उमेद्दवारी दर्ता गरेको बताए। संचारकर्मी अधिकारीले क्यालिफोर्निया सान फ्रान्सिस्को बे-एरिया बासी सबै माझ चिरपरिचित हुन्। उनको नोमिनेशनमा प्रस्ताबक पुतली कुमारी अधिकारी र उत्तम धमलाले समर्थन गरेका छन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश