विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बंगलादेशमा नेपाली लाई सर्वोत्क्रिस्ट विद्यार्थीको सम्मान

सिम्रौन्गढ़ नपा psa

नेकमहमद हुसेन, रौतहट।

बर्षौ देखि नेपालबाट बंगलादेशमा चिकित्षा शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरु मध्ये अधिकांशले चिटागोंग स्थित युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चिटागोंग रोजेको देखिन्छ। आजको दिन सम्म एस विश्व बिद्यालयबाट कम्तिमा १००० नेपाली डाक्टर हरु अध्ययन  गरिसकेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हालैमा मे ३ तारिक २०२३ का दिन यस विश्व बिद्यालयले आफ्नो पाँचौ दिक्षान्त समारोह बंगलादेशको राजधानी ढाका स्थित बंगबोंधु इन्टरनेसनल कन्फेरेन्स सेन्टरमा  सफलता  पुर्वक आयोजना  गरेको थियो . उक्त समारोहमा यस विश्व बिद्यालयले आफ्नो २०११ देखि २०२२ साल सम्मका विभिन्न बिषयका ८९७५ स्नातक छात्र छात्रा लाई दीक्षित गरेको छ। उक्त मध्ये ३०४० जना एम बि बि एस ग्राजुएट सहभागी थिए।

एम बि बि एस ग्राजुएट तर्फ सर्बाधिक प्राप्तांक ल्याउने नेपालका चिकित्षक डा अनिल शाह लाई सर्वोर्त्क्रिस्ट विद्यार्थी सम्मानार्थ रिपप्लिक बंगलादेशका वर्तमान रास्ट्रपति सम्मानीय मोहम्मद सहबुद्दीनले  ” द प्रेसिडेन्ट (चान्सलर) तथा एकसेलेंसी स्वर्ण पदक ” द्वारा सम्मानित गरेका छन्। उक्त समारोहमा सार्कका बिभिन्न मुलुकका  प्रतिनिधि हरु,  रिपब्लिक बंगलादेशका सम्मानीय शिक्षा मन्त्रि बर्रिस्तर मोहिबुल हसन चौधरी, सरकार जुन अन्य सम्बन्धित बिभागका प्रमुख तथा विभिन्न विश्व बिद्यालय का सम्मानीय प्रतिनिधि हरु उपस्थित थिए।

डा. अनिल शाह यस बिश्वबिध्यालय बाट २०१४ मा एम बि बि एस उतिर्ण गरेका थिए।  हाल उनी नेपालमा कन्सल्टेन्ट युरोलोजिस्टको रुपमा कार्यरत रहेका हुन। यो क्षण नेपाल र नेपालीका लागि गर्वको क्षण हो र यसले देश विदेशमा अध्यन गरिराख्नु भएका विद्यार्थीहरु लाई प्रेरणा प्रदान हुन्छ। शुभकामना छ डा शाह लाई र बधाई छ, हामी नेपाली लाई।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed