CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्वच्छ समाज युवा क्लबका द्वारा एक महिला सहित १०० जनाले गरे जीवन दान

फेटा GP PSA
897
सिम्रौन्गढ़ नपा psa

बीरगन्ज, आनन्द पटेल।

पर्सा स्थित ईलाका प्रहरी कार्यालय छपकैयाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रम सनिबार सम्पन्न भएको छ । सो खुल्ला रक्तदान कार्यक्रममा एक जना महिला सहित १०० जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरूमा स्वच्छ समाज युवा क्लबका अध्यक्ष भूपेन्द्र पटेल, रञ्जित साह, अखिल पटेल, त्रिलोक प्रताप सिंह, सन्दिप यादव, दीपेन्द्र राउत, सुमन पटेल, श्याम साह , शैलेश साह र सञ्चारकर्मी आनन्द पटेल लगायत रहेका छ्न ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले रक्त दाताहरुलाई रगतको पोका दिएर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले रगतको अभावलाई कम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको इलाका प्रहरी कार्यालय छपकैयाका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक तेजप्रताप सिंहलाई धन्यबाद दिएका थिए। साथै उनले प्रतेक स्वस्थ व्यक्तिले समय समयमा रगत दिन र बिरामीहरूको ज्यान बचाउनमा मदत गर्न सबैमा आग्रह गरेका थिए ।

Karaiya Mai Notice Winter

कार्यक्रम ईलाका प्रहरी कार्यालय छपकैयाका प्रमुख प्रहरी नायब निरीक्षक तेजप्रताप सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा परवानीपुर गाउँपालिकाका मेयर प्रत्यासी,जसपा पार्टी नेपालका युवा नेता सञ्जु साहले रक्तसंचार वीरगन्ज केन्द्रलाई ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरी यस सामाजिक कार्यमा आफ्नो सदैब साथ र सहयोग रहिरहने प्रतिबद्धता जनाए ।

नेता साहले पनि आफ्नै सक्रियतामा प्रतेक वर्ष रक्तदान कार्यक्रमको आयोजना गराउँदै आएका छन। सो अवसरमा इलाका प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख प्रहरी निरीक्षक विदुर सिवाकोटी, बोर्डर आउट पोष्ट सिरिसियाका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र साउद, वीरगन्ज महानगरपालिका वडा नं १ का वडा अध्यक्ष मनोज राउत कुर्मी, नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंह, स्वच्छ समाज युवा क्लबका उपाध्यक्ष उमेश साह, सरोज यादव , विभिन्न राजनीतिक दलका स्थानीय नेताहरु, प्रहरी कर्मचारीहरु, लगायत स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रक्त सञ्चार बिरगंज केन्द्र सौरब राज पाण्डेको टिमको प्राविधिक सहयोग रहेको थियो भने कार्यक्रमलाई सफल पार्नमा योगदान दिनुहुने सम्पूर्ण अथिति, राजनीति दल, स्थानीय लगायत प्रहरी कर्मचारी टिमलाई प्रहरी नायब निरीक्षक तेजप्रताप सिंहले धन्यबाद दिएका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश