विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिजबनिया बर्थिङ्ग सेन्टरबाट पहिलो प्रसूती सेवा, बच्चा र आमा दुवै सकुशल

सिम्रौन्गढ़ नपा psa

रन्जित यादव, पर्सा।

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ स्थित बिजबनिया बर्थिङ्ग सेन्टरबाट फतमा खातुनले पहिलो प्रसुती सेवा लिनुभएको छ । वडा नम्बर ३ खलुचडी निवासी फतमा खातुनले सो सेन्टरबाट प्रसुती सेवा लिई एउटा छोरीको जन्म दिएकी छन् । बैशाख ४ गते उद्घाटन भई सो बर्थिङ्ग सेन्टर सन्चालनमा आएको डेढ महिना हुन लागेको छ । गाउँमा कस्तो सेवा देलान वा अनुभवी चिकित्सक छैनन् की भनी विश्वास नभएका कारण अहिले सम्म कोही पनि प्रसुती सेवा लिन आउन मानेका थिएनन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

तर फतमा खातुनले विश्वासका साथ सेवा लिन आएमा उनले सकुशल २ं.५ किलोको छोरीको जन्म दिएको सेन्टरमा कार्यरत अ.न.मी पुजा यादवले बताउनुभयो । खातुन उपचारका लागी सेन्टरमा आउँदा पिभि गरि जाँच गर्दा म्युकोमियम स्टेन्ड अर्थात बच्चाले दिशा गरेको जानकारी आफुलाई भएको अनमी यादवले बताउनुभयो । विरामीलाई सि÷एस गर्नुपर्ने अवस्था भएपनि थिन म्युकोमियमका कारण साधारण तवरले पनि उनको बच्चा जन्माउन सकिन्छ भनेर परिवारलाई आग्रह गरिएपछि अनुमतिका आधारमा उपचार शुरु गरिएको थियो ।

उपचार पछि उनले सकुशल एउटा छोरीको जन्म दिईन र आमा बच्चा दुवै स्वस्थ्य रहेको बर्थिङ्ग सेन्टरका इन्चार्ज अमोद कुमार साहले बताउनुभयो । सकुशल उपचार पछि सेवा लिन आएका खातुन परिवारले अनमी पुजा यादवलाई धन्यावाद तथा बधाई सँगसँगै बर्थिङ्ग सेन्टरको प्रशंसा गरेका थिए । अवस्था हेरेर आफुहरु वीरगंज जान लाग्दा यहाँको चिकित्सकको आग्रहलाई मानेपछि ठुलो खर्च जोगिएको खातुनका श्रीमान विनोद गद्दीले खुसि व्यक्त गर्नुभयो । उहाँ खुसी हुँदै बिजबनिया बर्थिङ्ग सेन्टरले स्थानियको विश्वास जितेकोमा अब गाउँका अन्य व्यक्तिलाई पनि सेवा लिन आफु प्रचारप्रसार गर्छु, भन्नुभयो ।

वीरगंज लगायत शहरका ठुल्ठुला अस्पतालमा जाँदा उनीहरु पैसा ठगी गर्नलाई साधारण तवरले जन्मिने बच्चाको लागी पनि जटिल भनेर पैसा ठग्ने गरेको यो सफल उपचारले आफुलाई विश्वास यस सेन्टरले दिएको खातुनका श्रीमान गद्दीले बताउनुभयो । यहाँको सेवा राम्रो रहेको भन्दै अरुलाई पनि सेवा लिन आउन सेन्टरका ईन्चार्ज साह र अनमी पुजाले आग्रह गर्नुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed