विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन

सिम्रौन्गढ़ नपा psa

बीरगंज पर्सा ।

कानु समाज नेपाल पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको पदाधिकारी र सदस्यहरुको सपथग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ । शनिबार पोखरिया को शिवम् पार्टी प्यालेसमा आयोजित समारोहमा कानु समाज नेपाल पर्साका नवनिर्वाचित अध्यक्ष लक्ष्मण साह कानु उपाध्यक्ष सोनालाल गुप्ता सचिव श्रवण प्रसाद साह ,सह सचिव सुरेन्द्र साह कानु, कोषाध्यक्ष ओम प्रकाश साह सदस्य रुपनारायण साह, राजेन्द्र साह, दयानन्द कुमार साह,राजन साह सहितका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत प्रमेन्द्र प्रसादले प्रमाणत्रपत्र प्रदान गरि पदस्थापन गराएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

त्यस अवसरमा कानु समाज नेपाल केन्द्रिय अध्यक्ष किशोरी प्रसाद कानुले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई फुलमाला लगाउनुका साथै गम्छा ओढाएर बधाई दिदै सफल कार्यकालको शुभकामन व्यक्त गरेका थिए । समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका कानु समाज नेपाल का केन्द्रीय अध्यक्षले नवनिर्वाचित समिति लाई अगाडी बढ्न आवश्यक पर्ने सम्पुर्ण सहयोग उपलब्ध गराउने वाचा गरेका छन्।

सो कार्यक्रममा विष्ट अतिथि कानु समाज नेपालका पुर्व केन्द्रिय अध्यक्ष हरिहर साह कानु, अतिथि छिपहरमाई गाउँपालिका का अध्यक्ष मनोज गुप्ता, निवर्तमान जिल्ला अध्यक्ष रामबाबु साह, योगेन्द्र प्रसाद कानु लगायतका सहभागीता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य कानु समाज नेपाल पोखरिया नगर समितिका अध्यक्ष रामदयाल प्रसाद साह कानुले गर्नु भएको थियो भने कार्यक्रम का सहजिकरण मनोहर साह ले गर्नु भएका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed