CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रशौनी गाउँपालिकाको १३औ गाउँसभा पुरा

फेटा GP PSA
369
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

प्रशौनी गाउँपालिकाको १३औ गाउँसभा पुराभएको हो। पालिकाका सबै वडा अध्यक्ष तथा सदस्यहरुको सहयोगमा पूरा भएको हो। अबको समयमा पालिकाका हरेक समस्याहरु सर्वसाधारण संगको सहकार्यमा बजेट बनाइएको जनाइएको छ। सर्वसाधारण लाई दैनिक जीवनमा टेवा पुर्याउने जस्ता कार्यक्रमको योजना बनाइएको बारे गापा अध्यक्ष बिनोद प्र. जैसवारले प्रस्तुत गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

योजनाहरु पालिकाका विद्यार्थीहरु, कृषकहरु, अपाङ्ग, जेष्टनागरिकहरु लगायत पर्यटन प्रबर्द्धनका लागि विषेश जोड दिएको जनाइएको छ। त्यस्तै स्वास्थ्य सेवामा पनि विषेश प्राथमिकता दिएर अगाडी बढ्ने योजना रहेको जनाएको छ। छोरा जन्मे एक हजारको भत्ता र छोरी जन्मे दुई हजार भत्ता दिने समेत रहेको पालिका अध्यक्ष जैसवारले प्रस्तुत गरेका थिए।

Karaiya Mai Notice Winter

जैसवारले सभालाई संबोधन गर्ने क्रममा भने हामी लाई निर्वाचित गरी पठाउनु भएको छ । जनताको नजरमा हामीले यो अग्नि परीक्षामा उत्तीर्ण हुनु छ। यो जङ्घार तर्ने माध्यम भनेको हामीले बनाएको नीति तथा कार्यक्रम र यसलाई सघाउने योजना निर्माण नै हुन् । तसर्थ आजको प्रस्तुत नीति तथा कार्यक्रम अनुसार आ.व. ०८०।०८१ का योजना तथा कार्यक्रम बन्ने र प्रभावकारी कार्यान्वयनमा गम्भीर छलफल र सल्लाह सुझाव प्राप्त हुने नै छ भन्ने पूर्ण विश्वास लिएको छु ।

आजको प्रस्तुत नीति तथा कार्यक्रम तयार गर्न प्रत्यक्ष रुपमा अहोरात्र खटिई सहयोग गर्नु हुने प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन शाखा र अन्य विषयगत शाखाका कर्मचारी साथीहरू लाई विशेष धन्यवादका साथै आजको यस गरिमामय सभामा उपस्थित हुनु भएका सम्पूर्ण गाउँसभा सदस्यज्यूहरू तथा राजनीतिक दलका पार्टी प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, संचारकर्मी, सुरक्षाकर्मी र यस प्रसौनी गाउँपालिकावासी आम दाजुभाइ, दिदीबहिनीहरू सबैमा जैसवारले हार्दिक कृतज्ञता र आभार प्रकट गरेका थिए।

निति तथा कार्यक्रममा आ.व. ०८०।०८१ का लागि विनियोजित रकम

कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो। गापा अध्यक्ष जैसवारको अध्यक्षता तथा गापा उपाध्यक्ष किरण साहको विशिष्ट आतिथ्यता एवं स्वागतमन्तव्य कार्यालय प्रमुख सुमित सिंहले गरेका थिए भन्ने कार्यक्रम सञ्चालन सुरेश गुप्ताले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश