विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराका प्रजिअ आफ्नो उत्तरदायित्व बाट पन्छिएर गैरकानुनी कार्यलाई बढावा दिदै

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराका प्रजिअ आफ्नो उत्तरदायित्व बाट पन्छिएर गैरकानुनी कार्यलाई बढावा दिदै गरेको जनप्रतिनिधिहरुको आरोप रहेको छ। जिल्ला प्रशासन कार्यालयको मुल गेटमा चार घन्टा नाराजुलुस गरे पनि प्रजिअ नवराज सापकोटाले कुनै चासो न लिईए पछि प्रहरी प्रमुख होविन्द्र बोगटीले बोलाएर कानुनी दायरामा ल्याउन प्रतिबद्धता जनाएको बारे वडा अध्यक्ष मनोज यादवले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

जनप्रतिनिधिहरु माथी दुर्ववहार गर्ने व्यक्ति लाई तुरुन्त कार्यवाही गर्नु, पुनः नगर सभा नगर कार्याल्यमा गराउने, लगायत चार वटा बुदाहरुमाथी सहमति गरि आन्दोलनको टुङ्गो लागेको अध्यक्ष यादवले बताए। मेयर जलंधर सिंह कुर्मीले आफ्नो मनोमानी ढंगले नगर सभा गराएको बारे प्रमुख जिल्ला अधिकारीले नै आइतबार असार १० गते अन्दाजी राती ७ बजेको समयमा बताएका थिए। जबकी करिब दुई बजे प्रमुख जिल्ला अधिकारीले गाउँ सभा बारे २४घन्टे अल्टिमेटम दिएर सूचना दिन आदेश गरेका थिए।

Karaiya Mai Notice Winter

पालिकाको नगर सभा कहिले हुने बारेमा जानकारी लिन पालिकामा बसिरहेका जनप्रतिनिधिहरु लाई साझ अन्दाजी पाँच बाजेको समयमा बत्ति बुझाएर मेयर जलन्धर सिंह जैसवारले गुन्डाहरु लगाएर महिला तथा पुरुष जनप्रतिनिधिहरु लाई कुटपिट गराएको आरोप रहेको छ।

जनप्रतिनिधिहरु कुटाई खाए पछि प्रमुख जिल्ला अधिकारी लाई फोन मार्फत जानकारी गराउदा म के गरु भनेर गैरजिम्मेवारी पुर्ण तरिकाले जवाफ दिदा झन असन्तुष्ट भएर सिडियो कार्यालय मै पुगेर जानकारी गराउनुको साथै दोषीलाई कार्यवाहीको मांग गर्दा मेयर सिंहको पक्षमा रहि कार्यवाही बारे कुनै चासो देखाएकोमा प्रमुख जिल्ला अधिकारी बारे विभिन्न नारावाजी गर्दै जिल्ला छोड्न मारेका थिए। प्रशासन कार्यालय अगाडी नै करिब राती आठ बजेको समयमा नाराबाजी गरिएको थियोे।

पालिका भित्र कुटपिट गर्दै वडा अध्यक्ष मनोज यादवको मोबाइल समेत खोसेको बारेमा पनि प्रमुख जिल्ला अधिकारी नवराज साप्कोटाले कुनै चासो नदेखाएकोमा पीडित तथा असन्तुष्ट पक्षले न्यायका लागि बाटो तताउन बाध्य भएका थिए।

प्रमुख जिल्ला अधिकारी सापकोटाले जनप्रतिनिधिको कुरालाई अटेरी गरि बारा जिल्लाको शान्तिसुरक्षामा झन वातावरण बिगार्दै मात्र मेयर सिंहको ओकालत गरिएको असन्तुष्ट जनप्रतिनिधिहरुको आरोप रहेको छ। यदि यस्तो कुरा लाई पनि अटेर भएमा यश भन्दा पनि ठुलो गट्नाको निम्तो दिइरहेको समेत असन्तुष्ट पक्षले आरोप लगाउने गरेका छन्। र त्यो सबैको जिम्मेवार प्रमुख जिल्ला अधिकारी नै हुने चेतावनी समेत दिएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed