विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जन जागरण युवा क्लवले समुहका किसानको खेतमा धान रोपाई गरि दिवस मनाए

सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, कलैया, बारा

बाराको महागढीमाई नगरपालीका २ बरियारपुरमा ब्राह्मबाबा महिला कृषक समुहका सहसचिव रन्जु देवीको खेतमा धान रोपाइँ गरि धान दिवस मनाएको छ। २० औ राष्ट्रिय धान दिवसको अवसरमा पालिकासंग सहकार्य गरि कार्यक्रमको आयोजना गरि रोपाइँ गरेको हो। इस्लामीक रिलिफ क्यानाडा, इस्लामीक रिलिफ नेपालको आर्थिक सहयोगमा जन जागरण युवा क्लवले सञ्चालन गरेको समुदायको उत्थानशिलता सुदृढीकरण परियोजना अन्तरगत गठित कालिकामाई कृषक समूह, जोरलाहिमाई कृषक समूह र ब्रह्मबाबा कृषक समुहका किसानहरूको सहभागिता रहेको धान दिवस कार्यक्रममा छ कठ्ठा खेत रोपाइँ गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

धान रोपाइँ गरेको खेतमा दिवसको अवसरमा मशागढीमाई नगरपालिकाले रसायनिक मलको कमि गर्दै जैविकको प्रयोग बढाउने उद्देश्यले दुई बोरा भर्मिक कम्पोस्ट मल हस्तारण गरेको थियो। जन जागरण युवा क्लव कलैयाको अध्यक्ष भैयाराम यादवको सभापतित्वमा भएको कार्यक्रममा महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवको प्रमुखअतिथिमा सम्पन्न भएको थियो ।

जन जनगरण युवा क्लवको आयोजनामा र महागढीमाई नगरपालिकाको सहयोगमा सञ्चालन गरेको कार्यक्रमको संचालन परियोजनाका संरक्षण अधिकृत लक्ष्मी खरेल गरेको सोमा जन जागरण युवा क्लवका कोषाध्यक्ष सियाराम यादव, परियोजनाको कार्यक्रम निर्देशक अजय कुमार कोईरी, समाजिक परिचालक सुरेश यादव, पालिकाको कृषि प्रमुख भोगेन्द्र साह कृषक समुहका सदस्यहरू गरि १०० जनाको सहभािता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed