विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पी आर सी संस्थाले १ बर्षमा कपिलवस्तु बाट ७०७४ जनालाई परामर्श र ३५६ जनाको उद्धार

सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

मानव बेचविखन विरूद्धमा काम गर्ने संस्था शान्ति पुनर्स्थापना गृह (PRC) ले कपिलवस्तु जिल्लाको सिमाना बाट आर्थिक बर्ष २०७९/८० मा ७०७४ जना लाई मानव बेचविखन विरूद्ध सूचना तथा परामर्श दिएको र कपिलवस्तु लगायत विभिन्न ठांउबाट ३५६ जनाको उद्धार गरेको जानकारी शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक बसन्ती जीसी ले जानकारी दिनुभयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आज बार्षिक समिक्षा कार्यक्रममा मानव बेचविखन हुने प्रमुख कारणहरु अवसरको खोजी, भारत हुदै तेस्रो मुलुक जाने, आर्थिक प्रलोभन, जागिर गर्न जाने, नेटवर्किंग बिजनेस लगायत अन्य रहेको जानकारी क्षेत्रिय संयोजक निर्मल सुबेदीले दिए।

शान्ति पुनर्स्थापना गृह (PRC) ले परामर्श दिएको ७०७४ मध्ये कपिलवस्तु जिल्लाको १७३०, अर्घाखाँचीका ९९४, प्यूठानका ७१५, रूपन्देही ५९९ , गुल्मीका ४७३ जना रहेको जानकारी गराइएको छ। तथा नेपालका ७६ जिल्ला बाट आएका व्यक्तिहरु लाई परामर्श दिएको छ।

शान्ति पुनर्स्थापना गृह (PRC) ले ३५६ जना लाई उद्धार गरिएको जस्मा ५४ जना कपिलवस्तु जिल्लाका, ५२ अर्घाखाँची, ३६ प्यूठानका, ३५ जना दाङका, ३० रूपन्देही, २६ गुल्मी, २१ जना रोल्पाको तथा २५ जना भारतको विभिन्न ठांउबाट उद्धार गरिएको जस्मा १६ जना भारतको वस्ती बाट बालक हरू रहेको तिनिहरू लाई बौद्ध धर्म सम्बंधि पढाउन भनि भारतको अणुरांचल लगिरहेको सूचना पाएर उद्धार गरिएको, ६ जना बालक हरू लाई भारतको लखनऊ बाट, १ जना लाई भारतको गुजरात तथा १ जना सिमलाको मंशूरी बाट, १ जना महिला लाई भारतको गोरखपुर बाट उद्धार गरिएको जानकारी शान्ति पुनर्स्थापना गृह (PRC) का राष्ट्रीय उद्धार संयोजक भूमि भट्टराई ले दिनुभयो।
साथै ३ जना लाई शान्ति पुनर्स्थापना गृह (PRC) को केन्द्रीय कार्यालयमा पुनर्स्थापना का लागि पठाएको तथा २ जना लाई अन्य संस्थामा पुनर्स्थापनाका लागि पठाइएको जानकारी गराइएको छ।
शान्ति पुनर्स्थापना गृह (PRC) संस्था कपिलवस्तुमा मानव बेचविखन विरूद्ध राम्रो काम गर्दै आएको तथा बेचविखनमा पर्न सक्ने सूचना पाउन साथ भारतको विभिन्न ठांउमा पुगेर सरोकारवाला संग समान्वय गरि उद्धार गर्ने गरेको स्थानीय समाजसेवी हरू बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed