CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आइटी आर्मी द्वारा पुरातत्व विभागका महानिर्देशक लाई गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र

फेटा GP PSA
766
सिम्रौन्गढ़ नपा psa

काठमांडौ, नेपाल।

ऐतिहासि क्षेत्र सिम्रौनगढ लाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन माग गर्दै पुरातत्व विभाग, रामशाहपथ, काठमाडौंमा महानिर्देशक लाई गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाइएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सिम्रौनगढ नेपालको एक ऐतिहासिक, पुरातात्विक, धार्मिक र साँस्कृतिक विरासतले समृद्ध सम्पदा रहेको विषय सर्वविदित नै रहेको बारे हिजो साउन २५ गते ज्ञापन पत्र बुझाइएका छन्। परापूर्वकाल देखी नै यहाँ मानव बस्ती रहेको थियो । हजारौं वर्ष अगाडि सिम्रौनगढ एउटा शशक्त शासन प्रशासनको केन्द्र (राजधानी) समेत रहेको विषय ईतिहासका पानाहरुमा उल्लेख छ । यस क्षेत्रमा पाउने अनगिनत पुरातात्विक संरचना र तीनका भगनावशेषहरु तथा धर्तीको गर्भभित्र समाहित रहस्यहरु यस अमूल्य सम्पदाका जीवित प्रमाणहरू हुन् ।

यस क्षेत्रमा यो वर्ष पनि कयौं मुर्तिहरु पोखरी खन्ने क्रममा भेटेको छ। त्यस संगसंगैं पुरानो जति मुर्तिहरु छ्न त्यसको संरक्षण हुनसकेको छैन। यसको ठोस संरक्षण हुन न सक्नुको प्रमुख कारण पुरातत्व विभाग र नेपाल सरकारको हाम्रो मधेश प्रदेशप्रतिको विभेदपूर्ण अन्तरदृष्टि, अकर्मण्यता र चरम उदाशीनता एवं लापरवाही रहेको हाम्रो ठहर छ । यस आपत्तिजनक विषयहरुलाई देश र जनताको हित रक्षार्थ किमार्थ स्वीकार गर्न सकिदैन भन्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

Karaiya Mai Notice Winter

सिम्रौनगढ राज्यमाथी ग्यासुदिन तुग्लकले आक्रमण गर्दा सिम्रौनगढ राज्यको कला, कृति र सम्पदालाई अंगभङ गरि अन्न भणडारमा आगो समेत लगाई बर्बाद गरेको थियो । त्यही जलेको अन्न भणडारको जलेको चामलको अवशेष सिम्रौनगढ नपा – ६ बजार नजिकै एउटा डिलमा खोज्दा थोरै मात्रमा भेटदै आएको थियो । तर भर्खर ५ दिन अगाडि २०८० श्रवान २० गतेको दिन वडा नं. ७ को सिमाना नजिकै रहेको डिल छेउमा बाटोखन्दा डढेको चामलको भणडार भेटिएको छ।

तसर्थ, वैभव र वीरताको गौरवशाली विरासत बोकेको ऐतिहासिक एवं पुरातात्विक महत्वको सिम्रौनगढ क्षेत्रलाई विश्व समप्दा सूचीमा सूचिकृत गराउन तथा अहिले भेटिएको अन्न भणडार लगायतका पुरातात्विक अवशेषहरुलाई तत्काल संरक्षण र प्रबर्द्धन गर्न जोडदार माग गर्दछौं । साथै, हाम्रो यस न्यायोचित मागलाई कुनै पनि किन्तु परन्तुको बहानामा नजरअन्दाज गर्ने दुस्प्रयास गरे हामी बाध्य भएर कडाभन्दा कडा संघर्षको कार्यक्रम गर्न बाध्य हुने र त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवारी पुरातत्व विभाग र राज्य पक्षले लिनुपर्ने कुराको अग्रीम जानकारी समेत गराउन चाहन्छौं भन्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौं लगायतका लाई बोधार्थ गरेका छन्।

आईटी आर्मीका केन्द्रीय सदस्य तथा बारा जिल्ला ईन्चार्ज सनि गुप्ताको नेतृत्वमा यस ऐतिहासिक कार्यमा नैतिक एवं भौतिक रुपमा सक्रिय साथ, सहयोग र सहभागिता जनाउनुहुने तपाई सम्पूर्णमा हार्दिक आभार सहित विशेष धन्यवाद व्यक्त गर्दै यस अभियानको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गरेका छन्। ज्ञापनपत्र बुझाउन चन्द्रभुषण साह (राष्ट्रिय अध्यक्ष, आईटी आर्मी), नबिन साह, रन्जन कुशवाहा, रौशन कुशवाहा, चुनु साह, निकेश दास, बिनायक राज पान्डे, राजेश मल्ल, मन्जित मल्ल, अर्बिन्द, कुशवाहा, रितेश कुशवाहा, बिक्रान्त कुशवाहा लगायतका विशेष उपस्थिती रहेकोे थियोे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश