विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नयां कदम नेपालको पहलमा बारा जिल्लाभरी आयुर्वेद चिकित्सा फ्रीहुने

सिम्रौन्गढ़ नपा psa

काठमांडौ, नेपाल।

नयां कदम नेपालको पहलमा बारा जिल्लाभरी आयुर्वेद चिकित्सा फ्रीहुने भएको छ। नया कदम नेपालका अध्यक्ष रंजीत पाण्डेयले सिंहदरबार वैद्यखाना विकास समिति कार्यालयका वरिष्ठ कन्सलटेंट आयुर्वेद विज्ञ डा. सबरी साह संग भेट वार्ता भएको अध्यक्ष पाण्डेले सिआइ एन संग कुरा गर्दै बताएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

स्वास्थ्य उपचार मुख्यतः तीन पद्धति बाट हुन्छ जस मध्ये आयुर्वेद, होमियोपैथिक र एलोपैथिक रहेकोे छ। र आयुर्वेद सबैभन्दा सुरक्षित तथा सस्तो उपचार हुनुको साथै जडिबुटी बाट बनेको हुनाले कुनै साइड इफेक्ट नहुने पद्धति हो। आयुर्वेद पद्धति बाट हरेक रोगको उपचार सम्भव हुन्छ। यस पद्धति बाट परापुर्वकाल देखि उपचार हुँदै आइरहेकोे छ। आफूलाई मन पर्ने खाना नखाने कुरा तपाईंलाई मन नपर्न सक्छ । यसलाई पालना गरेमा आयुर्वेदिक उपचारले छिटो र प्रभावकारी रूपमा रोग निर्मूल गर्नसक्छ ।

आयुर्वेद चिकित्सा पद्धति प्राचीनकालदेखि नै स्वस्थ, सवल, रोगमुक्त जीवनको चिन्तनद्वारा आरोग्य स्थापनाका निमित्त स्थापित छ। मंगलदायी प्रेरणाको मूलको रुपमा प्रसिद्ध दिव्यौषधिहरुको भण्डार हिमालयको काखमा अवस्थित हाम्रो देश नेपाल यस निम्ति धन्य रहेको छ।

Karaiya Mai Notice Winter

हिताहितं सुखं दुःखमायुस्तस्य हिताहितम्। मानं च तच्च यत्रोक्तमायुर्वेदः स उच्यते।।

जुन शास्त्रमा हितायु, अहितायु, सुखायु, दुःखायु यी ४ प्रकारका आयु र आयुका लागि हित अर्थात पथ्य, अहित अर्थात अपथ्य, आयुको मान ९प्रमाण र अप्रमाण० र आयुको स्वरुप बताइएको हुन्छ त्यसलाई आयुर्वेद भनिन्छ।

प्राचीनकालदेखि नै आयुर्वेद क्षेत्रसँग परिचित र त्यसका प्रयोगकर्ता ऋषिमुनिहरुको आश्रयस्थल नेपाल रहेको छ। आयुर्वेदीय चिकित्साअन्तर्गत प्रयोग हुने दैवव्यपाश्रय एवं युक्तिव्यपाश्राय औषधहरुको प्रयोगको परम्परा यहाँ आज पनि व्यापक रुपमा कायम रहेको पाइन्छ।

नयां कदम नेपालका अधयक्ष पाण्डेयले नयाँ सोचका साथ अब मानव उपचारका लागि आयुर्वेद पद्धति बाट आरोग्य प्रदान होस भन्ने उद्देश्यका साथ अगाडि बढेको बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed