CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रेशम चौधरीको रिहाई गराउन,महँगी र भ्रष्टाचारविरुद्ध ११ विद्यार्थी सङ्गठनको प्रदर्शन (फोटोफिचर )

सरकार गम्भीर नभए कडा आन्दोलनमा जाने विद्यार्थी संगठनहरुको चेतावनी ।

फेटा GP PSA
2,710
सिम्रौन्गढ़ नपा psa

काठमाडौँ– महँगी र भ्रष्टाचारविरुद्ध ११ विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । विभिन्न ११ वटा विद्यार्थी संगठनहरुले नेकपाको सरकारविरुद्ध काठमाडौं तताएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

नेकपाको सरकार भ्रष्ट र अधिनायकवाद भएको भन्दै संयुक्त ११ विद्यार्थी संगठनले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् l भएको प्रदर्शन र सभामा उनीहरुले वर्तमान सरकारले भ्रष्टाचारलाई बढवा दिएको तथा महँगी नियन्त्रणमा चासो नदेखाएको भन्दै सरकारको चर्को आलोचना गरे । काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरुले सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने गरेपनि व्यवहार ठिक विपरित भइरहेको बताए ।

विद्यार्थीहरुको जुलुस माइतीघरबाट र्यालीसहित बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै थरुहट आन्दोलनका अगुवा नेता रेशम चौधरीलाई रिहा गर्न समेत उनीहरुले माग गरेको छ । सरकार गम्भीर नभए कडा आन्दोलनमा जाने विद्यार्थी संगठनहरुको चेतावनी छ ।

Karaiya Mai Notice Winter

सार्वजनिक जग्गासमेत सत्तारुढ दलको नेताको नाममा हडप्ने काम गरिएको, मुलुकमा भ्रष्टाचार बढाएको, सरकारले नागरिकको अधिकार खोस्न खोजेको, हत्या, हिंसालगायतका घटना नियन्त्रण गर्न सरकारको ध्यान नगएको उनीहरूको आरोप छ ।

मधेशको माग, थरुहट आन्दोलनको माग, राजनीतिक आन्दोलनमा क्रियाशिल नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतको विषयमा सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराएका छन् । उनीहरुले जायज राजनीतिक विषयलाई राजनीतिक तवरबाटै समाधान गर्न सरकारलाई खबरदारी समेत गरेको राविसंघका अध्यक्ष चिरञ्जीवि यादवले जनाए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश