

सबिर आलम, बारा।
आज युवा जनमत संघ बिरगंज महानगर समिति द्वारा आरती साहको न्यायको लागि घान्टाघरमा बिरोध प्रदर्शन गरेको छ। युवा जनमत संघ बिरगंजका अध्यक्ष सन्जय सिंहको अध्यक्षतामा उक्त बिरोधका कार्यक्रम गरिएको हो। धनुषाको आरती साह दहेज हत्या प्रकरणको विरुद्धमा प्रदर्शन गरिएको हो।



उक्त कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य एवम् महिला नेत्री करिमा बेगमले भने पर्सा जिल्ला मै कति छोरीलाई फाँसी लागाएर मृत्यु गरिएको छ,कतिलाई दहेजको लागि मारियो,गरिब भएकै कारण अहिले सम्म न्याय पाएन।आफू माथी पर्दा बुबा भनी कराउने र अरुमा पर्दा मुस्की लिने कार्य हुन्छ यहाँ,भोलि अरु महिला माथी यस्ता घटना हुन सक्छ ,त्यसैले आरती साहको न्यायको लागि सम्पुर्ण पर्सा जिल्ला बासी संग बिरोध कार्यक्रममा उतर्न आग्रह गर्नु भएको छ।

त्यस्तै जनमत पार्टीका केन्द्रिय सदस्य महिला नेत्री नजमा खातुनले भने एउटा महिलाको लागी,महिलाको सम्मानको लागि अर्थात आरती साहको न्यायको लागि हामीहरु आज बिरोध उतरेका छौ, आरती साहलाई न्याय पाईएन भने आरती साहको लागि ज्यान दिन तयार रहेको समेत बताउनु भएको छ। आज पर्सा जिल्लामा पनि यस्ता घटना भईरहेको र यहाँको प्रशासन चुप रहेको तथा धनुषा जस्तो घटना पर्सामा न घटोस भनी पर्साका प्रशासन प्रमुखलाई चेतावनी समेत दिएका थिईन।
कार्यक्रमका अध्यक्ष तथा युवा संघ बिरगंज महानगर समितीका अध्यक्ष समेत रहेका सन्जय सिंहले भने ६१/६२ दिन देखि आरती साहको मृत्यु प्रकरणमा उनका बुबा,आमा,भाई र बहिनी काठमाडौको माईती घरमा शान्तिपुर्ण आन्दोलन गर्दै आईरहेको अवस्थामा वहाँको बहिनीलाई एस.पी.र डि.एस.पी.ले जुन अभद्र व्यवहार गरेको छ, र गृह मन्त्रालयको गृहमन्त्री के देखेर बसेको छ?के गृहमन्त्री संग महिला प्रहरी छैन?भनी गृहमन्त्रीको नामै राखी राजिना मागेका छ्न।
यहाँ सम्म कि आरती साहको बहिनीलाई अभद्र व्यवहार गर्ने एसपी.र डिसपी. समेतलाई भुलेर पनि पर्सा जिल्लामा नआउन चेतावनी दिईएका छ्न। जब सम्म आरती साहलाई न्याय मिल्दैन तब सम्म हाम्रो बिरोधको कार्यक्रम जारी रहने छ भनी जानकारी गराउनु भएको छ।उक्त कार्यक्रममा केन्द्रिय सदस्य शसिकपुर मिया,अनिता रौनियार ,जिल्ला सह- ईन्चार्ज मुकेश दुवेदी,जनमत पार्टी जिल्ला सयोजक ओमप्रकाश सरार्फ,युवा द्स्ता जिल्ला संयोजक कन्हैया झा,पार्टी सचीव राजनरायण मिशा ,जनमत पार्टीको रा. परिवेक्षक अजय यादव,रेखा यादव लगाएतको सहभागीता रहेको थियो।





