विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संवाद मार्फक द्धन्द रुपान्तरण विषयक तीन दिने तालिम सुरु

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बाराको सदरमुकाम कलैयामा संवाद मार्फत द्वन्द्व रूपान्तरण गर्ने तीन दिने तालिम सुरू भएको छ । बरेवा दरवार होटलमा सुरू भएको तालिममा फेटा गाउपालीकाका उपाध्यक्ष, वडाअध्यक्षहरू, वडासदस्यहरू, महिला तथा बालबालिका शाखा, कृषि शाखा, महिला तथा बालबालिका सेवा केन्द्रका प्रतिनिधि, विभिन्न संघ संस्थाका सदस्यहरू गरि २५ जनाको सहभागिता रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

द्वन्द्वका किसिम, द्वन्द्व समाधान, कानुनी र अर्धन्यायिक प्रावधान र विधिहरू, द्वन्द्व रूपान्तरणका वैकल्पिक उपाय र द्वन्द्व रूपान्तरणमा संचार सीप विषयमा सहभागिहरूलाई त्रिविका प्रोफेसर चिरञ्जीवी भण्डारी र अधिवक्ता अजय स्वर्णकारले प्रक्षिण दिईरहेका छन ।

समाजिक परिवर्तन केन्द्र काठमाडौंको आयोजनामा सुरू भएको तालिममा केन्द्रका अध्यक्ष पवन राय, कार्यक्रम संयोक कल्पना राना मगर, बारा फिल्ड अफिसर विक्की महतो , संवाद सहजकर्ता राजेश कुशवाहा, अनिल कुशवाहा र जुही मेहताको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed