विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जाेगवनीमा लागुआ‌ैषध काराेवार राेकिनुकाे सट्टा कारोबार मा नयाँ नयाँ अनुहार

सिम्रौन्गढ़ नपा psa

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विराटनगर, ४

Karaiya Mai Notice Winter

नेपाल र भारतकाे सिमा क्षेत्रमा रहेकाे जाेगवनीमा लागुआ‌ैषध काराेवार राेकिनुकाे सट्टा नयाँ नयाँ अनुहार देख्न थालेका छन । गाेप्य सूचनाकाे आधारमा जोगबनी प्रहरीले टिकुलियाको इन्दिरानगर स्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध सहित एक जनालाई पक्राउ परेपछि साे रहस्य खुलेकाे हाे ।

साे सम्बन्धमा जाेगवनी प्रहरी चौकी इन्चार्ज भगतलाल मण्डलले मंगलबार साँझ टिकुलिया कोलोनी इन्द्रनगरमा छापा मारेर गजेन्द्र सिंहलाई टिकुलियास्थित उनको घरबाट १९८५ थान लागुऔषध सुईसहित पक्राउ गरेको थियो । छापा मार्ने कार्यमा प्रहरी चौकी प्रमुख बाहेक प्रशिक्षार्थी पुनी कुणाल श्रीवास्तव लगायत प्रहरी चौकीका अन्य प्रहरी संलग्न थिए ।

पक्राउ परेका अभियुक्तलाई न्यायिक हिरासतमा राखेर अररिया पठाइएको र लागुआ‌ैषध काराेबारमा जहिले पनि नयाँ अनुहार पक्राउ परने गरेकाे प्रहरी चौकी प्रमुखले बताए ।
सिमा क्षेत्रमा प्रहरी र एसएसबीले समय समयमा अभियान र सूचनाका आधारमा कारबाही गर्दै आएको छ । प्रहरीकाे निगरानी हुदाहुदै पनि जोगबनीमा लागुऔषध कारोबार रोकिएको छैन । हरेक दिन नयाँ नयाँ अनुहार प्रहरीको चपेटामा पर्दै आएका छन। नेपाल भारतका खुल्ला सिमानाका कारण नेपालबाट भारत तर्फ गाजा तस्करी गर्ने र भारतबाट प्रतिबन्धित लागुआ‌ैषधहरू नेपाल भित्र्याउने गिराेहहरू सक्रिय हुँदै गरेकाे देखिन्छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed