CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पचरौतामा एक जना लाई गोलि प्रहार गरी हत्या

फेटा GP PSA
2,059
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

चरौतामा मंगलबार ९ गते साझ अन्दाजी ५ बजे साझको समयमा एक जना लाई गोलि प्रहार गरी हत्या गरिएको हो। तर प्रहरीको अनुसार अं.१८;१० बजेको समयमा नेपाल-भारत सीमाभन्दा करिब ७०० मि. नेपाल तर्फ जि.बारा पचरौता न.पा.६ पकडियाको लक्ष्मिनिया पोखरीको उत्तर पश्चिमको डिलमा हत्या गरिएको जनाइएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

भारत देशका जिल्ला मोतिहारी, दर्पा थाना-१ , सुक्लहिया गाँउ बस्ने रामपुकार सिंहको छोरा अं. वर्ष २२ को अजित कुमार सिंह पुरुष ब्यक्तिको गोली प्रहार गरी हत्या गरेको प्रहरी अनुसंधान बाट खुल्न आएको हो। हालसम्म अनुसन्धानको क्रममा मृतक अजित कुमार सिंह सँगै भारतको मोतिहारी जिल्ला, दर्पा थाना-१ सुक्लहिया बस्ने वर्ष २५ को सुजित कुमार सिंह लगाएत सोही ठाउको बस्ने वर्ष २४ को चञ्चल पाञ्डे, वर्ष २२ को मनिष कुमार सहनी र वर्ष २० को कामेश्वर सहनी दुईवटा On Test मोटरसाईकलमा नेपाल प्रवेश गरेको र जि.बारा पचरौता न.पा.६ लक्ष्मिनिया पोखरी स्थित रहेको पोखरी नजिकमा पुगेपश्चात सँगै एउटै बाईकमा पछाडि बसेका सुजित कुमार सिंहले निज मृतक अजित कुमार सिंलाई पछाडि बाट गोली प्रहार गरी हत्या गरी सोही On Test मोटरसाईकलमा भारततर्फ भागी गएको प्रहरीको अनुसंधान बाट खुल्न आएको जनाएको हो।

घट्नास्थलबाट एक थान गोलि र एक थान गोलिको खोका बरामद गरिएको। घट्नास्थलको सम्पुर्ण प्रारम्भिक अनुसन्धानको कार्य पश्चात शव पोष्टमार्टमको लागि नारायणी अस्पताल विरगञ्ज पठाईएको, अन्य अनुसन्धानको कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश