विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आफ्नै कार्यकालभित्र आफ्नो वाचा पुरा गर्छु : अख्तर

सिम्रौन्गढ़ नपा psa
हरेन्द्र कुमार साह, रौतहट ।।  रौतहटको राजपुर नगरपालिकाको मेयर मो .सकिलले फतुहा महेशपुरको बिकासको लागि सक्दो सहयोग गरेको र गरिरहने बताएका छन । बुधबार फतुहा महेशपुरको श्री राम जानकी मठको प्राङ्गणमा माहायज्ञको उद्घाटन गर्दै मेयर सकिलले फतुहा टोलको सडक ,खानेपानी ,बिजुली ,इन्टरनेट ,र शिक्षा स्वास्थ्य क्षेत्रको बिकासको लागि कुनै कसर बाकी नराख्ने बताएका हुन । मठ, मन्दिर र मस्जिद निर्माणका लागि बिगतमा लाखौं सहयोग गरेका सकिलले आउँदो दिनमा अझ थप सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
मेयर सकिललाई स्थानीय समाजसेवि एवंम् बुद्धिजीवि रुपा साहद्वारा सम्मान स्वरुप दोशाला ओढाएका छन । राजपुर न.पा.का मेयर अख्तर कर्मठ, इमान्दार र सहयोगको लागि सधै तयार तत्पर रहने भएको हुँदा सो सम्मान गर्न पाएकोमा रुपा साह लगायत सबै गाउँवासी हर्षित भएको स्थानिय वासिहरुले बताए । सो कार्यक्रममा श्री दुखा साह, रुपा साह, रामअश्रे साह, नेमी साह, बैजु साह, रामबाबु साह, बिन्दालाल साह, राजदेव भगत, रामबाबु ठाकुर, जितेन्द्र ठाकुर, रामचन्द्र महतो, सुखाडी बैठा, संजु बैठा, लगायत हजारौं स्थानीय वासिहरुको सहभागिता रहेको थियो ।
Karaiya Mai Notice Winter
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed