विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अमेरिकामा माँ द्वारा झिझिआ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

धेसी एसोसिएशन इन अमेरिका (मा) ले इतिहासमा पहिलो पटक झिझिया महोत्सव गर्न लागेका हुन। जो जहाँ रहे पनि आफ्नो संस्कृती बिर्सिन चाहदैन र बिर्सिनु पनि हुदैन तर मन र चाहना हुदा हुदै समय र प्रस्थितिले साथ नदिएर यस बाट हामी सबैलाई वन्चित हुनु पर्छ। अर्कों कुरा जो जहा रहे पनि आफ्नो मातृभूमि, परम्परा, संस्कार, रितिरिवाज संस्कृति कहिले पनि बिर्सुनी हुँदैन, त्यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ र आफ्नो भावि पुस्ता लाई पनि आफ्नो परम्परा संस्कृति सिकाउनु पर्छ भन्ने उदेश्य तथा एकअर्का संग भेटघाट गर्ने उदेश्यले अमेरिकाको न्यू जर्सी राज्यमा वरीपरी पेनसलभनिया, न्यूयार्क लगाएतका मधेसीहरूले मिलेर झिझिया महोत्सव मनाउन लागेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रमका संयोजक सुबाश साहका अनुसार यो पहिलो चोटी भएको हुनाले अलि चुनौती पूर्ण थियो तर साथीहरूको साथ सहयोग र मा का पुर्व केन्द्रीय अध्यक्ष समाजसेवी सत्येन्द्र साह लगायत हाम्रो अभिभावक डा बिनोद साह दाईको बिशेष सहयोग एवंम सहकार्य तथा फ़िलेडेल्फ़िया च्यापटरका अध्यक्ष नितेश पाण्डेहरूको सहयोगले यो सबै सहज हुने भएको छ। जुन अब हरेक साल नै महोत्सवको रुपमा हामी मनाउछौ । त्यस्तै माँ का बरिष्ट उपाध्यक्ष मनोज सिंहका अनुसार त्यारी सबै भइसकेका छन ।

न्यू जर्सी बरीपरी रहेका सबै राज्य बाट मधेसीहरूको व्यापक उपस्थिती हुनेछ जनाइएको छ । जसमा हाम्रो अभिभावकहरू पनि आउने छन। यो पहिलो चोटी, हो हाम्रो बाच्चाहरु धेरै नै उत्साहित छ। हो हामी ले आफ्नो भावी सन्तति लाई आफ्नो परम्परा, संस्कार, रितिरिवाज, सिकाउनु पर्छ जुन हाम्रो कर्तव्य हो। हामी डान्डिया, भांगड़ा… मा कति रमाउने जुन हाम्रो नै होइन । भोली हाम्रो छोरा छोरीले हाम्रो के हो भने सोध्यो भने के जवाफ दिने? त्यही भएर गर्न लागेको हो र यो आउदो समय मा पनि जारी रहन्छ भने भनाई माँ का प्रवाक्ता सुभाष कुमार बैठाको भनाइ रहेकोे छ । त्यसै गरी अध्यक्ष संगित रौनियारले यस्ता झिझिया, समा चकेवा, दिपावली, छठ लगाएत मधेशका पर्व हरू अब सामूहिक रूपमा नै हामी मनाउने कोसिस गर्छौ जसबाट हाम्रो भावी सन्ततिले पनि लाभ र सिक्ने मौका पाउछ साथै यसको जगेर्ना पनि हुन्छ भने संस्थाका प्रव्क्ता बैठाले जानकारी दिएका हुन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed