CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्पष्ट कानुनको अभावमा व्यक्तिगत घटना दर्तामा समस्या

फेटा GP PSA
1,730
सिम्रौन्गढ़ नपा psa

विराटनगर १९ बैशाख
आवश्यक र स्पष्ट कानुनको अभावमा व्यक्तिगत घटना दर्तालाई विश्वसनीय, भरपर्दो, किटानयोग्य र पूर्ण कानुनी मान्यताप्राप्त बनाउन असहज रहेको जनप्रतिनिधिहरुले बताएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमान्डौ द्धारा ब्याक्तिगत घटना दर्ताका विषयमा जानकारी दिने उदेश्ले विराटनगर आयोजित कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्डका वडाध्यक्ष र सचिवहरुको सहभागीता रहेको थियो । वडाध्यक्षहरु उद्धव अर्याल,तिर्थेन्द्र न्यौपाने ,मीन आचार्य ,विनोद बस्नेत ,माधवराज वाग्ले ,बद्री सरदार लगायतले ब्यक्तिगत घटना दर्ताका लागि अनेकौ चुनौती रहेको बताए । टेस्टट्युब बेवी ,अनैतिक सम्वन्धवाट जन्मेका बालवालिका ,नेपालमा आएर बच्चा जन्माउने क्रम , नेपाली आमा तर भातीय नागरिकले विवाह गरी छोडिएका महिला बाट जन्मिएका सन्तान लगायतका धेरैलाई कसरी सम्वोधन गर्ने भन्ने विषयमा समस्या रहेको बताएका थिए । कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक युवराज कट्टेलले नागरिक पन्जीकरणलाई सार्वजनिक सेवा प्रवाह तथा नागरिकता एवम राष्ट्रिय परिचय पत्र प्राप्तिको प्रमुख र प्राथमिक कानुनी प्रमाणको रूपमा विकास गर्नु वर्तमान समयको आवश्यकता रहेको बताए । उनले स्थानीय तहले दिनुपर्ने सेवाका विषयमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले सेवाग्राही जनताको आबश्यकता र कानुनमा रही सेवा प्रबाह गर्न आग्रह गरे । व्यक्तिगत घटना दर्तालाई विश्वसनीय, भरपर्दो, किटानयोग्य र पूर्ण कानुनी मान्यताप्राप्त बनाउने काममा वडा अध्यक्ष र वडा सचिवले ध्यान दिन आबश्यक रहेको औल्याए । नवुझेका कुरा कानुनत अध्ययन गरी सेवाग्राहीले दुख नपाउने गरी काम गर्न वडा सचिवहरुलाई पराजुलीले निर्देशन समेत दिए । कार्यक्रममा विराटनगर महानगरका उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत एक देव अधिकारी ,लगायतको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश