विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल लाइफ मिर्चैया शाखाबाट १० लाख रुपैयाँको बीमा दावी भुक्तानी

सिम्रौन्गढ़ नपा psa


सिरहा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मिर्चैया उप–शाखाले मृत्युदाबी रकम भुक्तानी गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मिर्चैया उप–शाखाको आफ्नै कार्यालयमा बोलाएर मृतकको परिवारलाई १० लाख ३७ हजार ४ सय २ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नंम्बर १० निबासी श्रीमती विमल महतोको श्रीमान यस कम्पनीका बिमित स्वर्गिय अरुण कुमार महतोको कमला नदीमा डुबेरको कारण मृत्यु भएकोले उनकी श्रीमती विमल महतोलाई १० लाख ३७ हजार ४ सय २ रुपैयाँ बराबरको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मिर्चैया उप–शाखाका कार्मचारी श्री गणेश कुमार ठाकुरले चेक हस्तान्तरण गरेका छन् ।

Karaiya Mai Notice Winter

यस नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मिर्चैया उप–शाखाका कार्मचारी श्री गणेश कुमार ठाकुरले चेक प्रदान गर्दै भनु भयो समाजमा अप्ठ्यारो पर्दा सकारात्मक तथा आर्थिक रूपमा क्षतिपूर्ति दिने काम कम्पनीले गर्दै आएकोले कम्पनी प्रति आम मानिसको बिश्वास बढ्ने कार्य भएको हो । साथै कम्पनीले आवश्यक प्रक्रिया पूरा भई बीमितहरुबाट प्राप्त भएका मृत्यु दावीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको मिर्चैया उप–शाखाका कार्मचारी श्री गणेश कुमार ठाकुरले बताए ।
मृतकको २ वर्ष अगाडी सहारा जीवन बीमा योजना ५ लाखको बीमा,बार्षिक ४१ हजार ९ सय २ रुपैयाँ र जम्मा गर्ने गरि २ किस्ता कुल रु ८३ हजार ८ सय ४ रुपैया यस कम्पनीमा जम्मा गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मिर्चैया उप–शाखा प्रमूख रिता कुमारी साहले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed