CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पचरौतामा फेरि एक युवती झुन्डिएको अवस्थामा फेला

फेटा GP PSA
2,235
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

चरौतामा फेरि एक युवती झुन्डिएको अवस्थामा फेला परेको हो। बारा जिल्लाको सबै भन्दा नमुना नगरपालिकाको रूपमा चिनाउदै गरेको पालिका हो जहाँ जहानिया राणा शासनको उदय भएको सर्वसाधारणको बुझाई, भोगाई तथा अनुभव रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हिजो अन्दाजी ५ बजे साझमा विन्दु कुमारी नाम गरेको एक जना युवती आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी छिन्। जस लाई पोस्टमार्टम गराउन लाई नगरपालिकाको एम्बुलेन्स लाई भन्दा एम्बुलेन्स चालक अबुलैस अंसारीले नगरपालिका सरकारले तोकेको मापदण्ड अनुसार जसको आमा बुबा वा आफन्त नभएको व्यक्ति लाई मात्र सेवादिने प्रक्रिया रहेको भनी सेवा नदिन लाई वडा अध्यक्ष बिनय सिंह लाई इनकार गरेको सिंहले बताएका छन्।

पचरौताको वडा न. १ पिपरपाती बस्ने राजु महतोका अन्दाजी १८ वर्षीय छोरी लाई पोस्टमार्टम गराउन लाई वडा अध्यक्ष सिंह हारगुहार गरि एम्बुलेन्स बोलाउन खोजेको बारे अध्यक्ष सिंहले जनाएका हुन्। पचरौता सरकार आफ्नो निजि तथा पार्टीका व्यक्तिको सेवामा मात्र पालिकाका हरेक सेवा सुविधा प्रयोग गर्दै मात्र आएको अध्यक्ष सिंहले जानकारी गराएका थिए। त्यस्तै पुर्व नगर उप-प्रमुख इन्दु देवी यादवकि श्रीमान विनोद यादवले पनि आफ्नो खुट्टा भाचिएको अवस्थामा अस्पताल पुर्‍याउन लाई भन्दा पनि यस्तै प्रतिक्रिया पाएको यादवले बताएका थिए।

एम्बुलेन्स चालक संग बुझ्दा सम्पर्क हुन नसकेको र नगर प्रमुख जलंधर सिंह जैसवार संग बुझ्दा एम्बुलेन्स सव बाहन नरहेकोले त्यो सेवा नदिएको बताएका हुन्। झुन्डिएर मृत भएको सब लाई एम्बुलेन्सले ढुवानी गर्ने नभएको नगर प्रमुख सिंहले बताए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश