विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पूर्व सांसद रौनियार जसपा छाडेर एमालेमा प्रवेश

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ५ मंसिर पोखरिया 

पर्सा

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व सांसद हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् ।
२०७४ काे निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राैनियार जसपा छाडेर एमालेमा प्रवेश गरेका हुन्।
पर्साको पोखरीयामा मंगलबार आयाेजित आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले राैनियारलाई फुलमाला र टीका लगाएर पार्टी प्रवेश गराएका हुन्।
राैनियारसंगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवी लगायत विभिन्न पार्टीका सयाैं नेताकार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् ।

१ वर्षदेखि जसपामा निस्कृय रहेका केहिदिन अगाडी काठमाडौं पुगेर अध्यक्ष ओलीलाई भेटेका थिए । त्यही भेटमा एमालेमा प्रवेश गर्न तयार भएका राैनियार मंगलब आफ्नै क्षेत्रमा अध्यक्ष ओलीलाई बोलाएर एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बाेल्दै पप्पु कन्ट्रक्सनका संस्थापक अध्यक्ष समेत रहेका राैनियारले जसपा र उसका अध्यक्ष उपेन्द्र यादवले मधेसका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेकाले आफुले जसपा परित्याग गरेकाे बताए।उनले एमाले अध्यक्ष केपी ओलीबाटै देशकाे विकास र समृद्धि सम्भव रहेकाले आफु एमाले प्रवेश गरेकाे बताए।
एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माकाे अध्यक्षतामा आयाेजित कार्यक्रमलाई एमाले केन्द्रीय सचिव याेगेश भट्टराई ,रघुवीर महासेठ, पाेलिटब्युराे सदस्य पुरुषाेत्तम पाैडेल, ज्वाला साह, अच्युत मैनाली,केन्द्रीय सदस्यहरु अरविन्द सिंह, राजकुमार गुप्ता लगायतलेपनि सम्बाेधन गरेका थिए ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed