विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

युवाशक्ति बिदेश पलायनले मुलुकले ठुलो जोखिम मोल्नु पर्ने – संगठन मन्त्री बि. सुरेन्द्रम

राष्ट्रिय भावनालाई सर्बोपरी मानी काम गर्नु आजको आवश्यकता - क्षेत्रिय संगठन मन्त्री अनुपम

सिम्रौन्गढ़ नपा psa

काठमांडौ, नेपाल।

राष्ट्र हित, उद्योग हित र श्रमिक हितको मुल मन्त्र लिएर राष्ट्रिय भावनालाई सर्बोपरी मानी काम गर्नु आजको आवश्यकता रहेको काठमाण्डौको महेश्वरी सेवा सदनमा बसेको राष्ट्रिय श्रमिक महासंघ नेपालको राष्ट्रिय योजना तथा प्रथम सम्मेलन कार्यक्रमलाई सम्बोधन गदै आखिल भारतिय क्षेत्रिय संगठन मन्त्री अनुपमले बताउनु भयो । उहाँले राष्ट्रिय हित भन्दा ठुलो केही पनी नरहेकाले कुनै पनि राजनिती दवाब बिना स्वतन्त्र रुपमा श्रमिकहरुको हक हितमा काम गर्न निर्देशन समेत दिनुभयो । क्षेत्रिय संगठन मन्त्री अनुपमले अब देश बिकासको जिम्मा श्रमिकहरुको हात रहेकोले सबैले काँधमा काँध मिलाई देश बिकास जुटन आब्हान समेत गर्नुभयो ।

त्यसै गरी आखिल भारतिय संगठन मन्त्री बि सुरेन्द्रनले नेपालका धेरै श्रमिकहरु भारतमा कार्यरत रहेको र भारतका धेरै श्रमिक नेपालमा समेत काम गरीरहेकाले राष्ट्रिय श्रमिक महासंघ नेपालको गठनले दुवै देशका श्रमिकहरु बिचको सम्बन्ध अझ सुदृढ हुने बिश्वास ब्यक्त गदै यो संगठन कुनै दल बिशेषको नभई बिशुद्ध रुपमा गैर राजनितिक तथा स्वतन्त्र महासंघ रहको जानकारी समेत गराउनुभयो । उहाँले यो महासंघ कुनै दलसँग सम्बन्धि नभई नितान्त श्रमिकहरुको हक अधिकारका बिषयमा अवाज उठाउने गैर राजनितीक संगठन रहेको टिप्पणी गदै श्रमिकहरुले मुलुक निमाणर्मा गरेको योगदानको कदर राज्यले गर्नु पर्नेमा जोडदिनु भयो ।

Prasauni holi 2082
karaiya holi 2082

संगठन मन्त्री बि. सुरेन्द्रमले पछिल्लो समय मुलुकबाट युवा शक्ति बिदेश पलायनले भविश्यमा मुलुकले ठुलो जोखिम मोल्नु पर्ने बताउदै युवा शक्ति भनेका राष्ट्रका कणर्धार वर्क फोर्स हुन र जुन मुलुकका वर्क फोर्स पलायन हुन्छ त्यो मुलुकले कहिल्यै प्रगती गर्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले मुलुकमै रोजगारीको श्रृजना गरी यस्ता वर्क फोर्सलाई मुलुक निमाणर् लगाउनु पर्नेमा राष्ट्रिय श्रमिक महासंघले अहम भुमिका खेल्नु पर्नेमा जोड दिदै आउने समयमा नेपालको बिकासमा राष्ट्रिय श्रमिक महासंघको योग्दान पनि महत्वपुणर् हुने गरी काम गर्न निर्देशन समेत दिनुभयो । सो काम गर्न सम्पुणर् पदाधिकारीहरुले मिलेर काम गर्नु पर्ने बताउदै यसकालागि महासंघलाई मजबुत बनाउदै शसक्त रुपमा अगाडी बढन पनि संगठन मन्त्री बि. सुरेन्द्रमले सुझाउनुभयो ।

राष्ट्रिय श्रमिक महासंघ नेपालका अध्यक्ष हिरालाल यादवको अध्यक्षतामा भएको राष्ट्रिय श्रमिक महासंघ नेपालको राष्ट्रिय योजना तथा प्रथम सम्मेलन कार्यक्रमको उद्घाटन आखिल भारतिय संगठन मन्त्री बि.सुरेन्द्रम र आखिल भारतिय क्षेत्रिय संगठन मन्त्री अनुपमले सँयुक्त्त रुपमा दिप प्रज्वलन गरी गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन राष्ट्रिय श्रमिक महासंघ नेपालका महासचिव गोपाल यादवले गर्नु भएको थियो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed