विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पकाहाँमैनपुर गा पा को उपाध्यक्ष सर्फुन नेशाको स्वकीय सचिव उनकै श्रीमान मोo नर्शुलाहमियाँ नियुक्त जनताको करको रकम ३२हजार ९ सय २ रुपिया हरेक महिना च्याट ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ६ पौष पोखरिया

पर्सा
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

 

पकाहाँमैनपुर गा पा को उपाध्यक्ष सर्फुन नेशाको स्वकीय सचिवमा उनकै श्रीमान मोo नर्शुलाहमियाँ नियुक्त जनताको करको पैसा ३२हजार ९ सय २ रुपिया हरेक महिना च्याट ।

 

देशको अर्थतन्त्र कमजोर रहेको बेला पर्साको पकाहाँमैनपुर गाउँपालिकाले नियम विपरीत उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरी मासिक चौथो तह बराबरको तलब सुविधा दिन थालेको छ ।
Karaiya Mai Notice Winter
गाउँपालिका उपाध्यक्ष सर्फुन नेशाको स्वकीय सचिवको रूपमा नियुक्त गरिएको उनकै श्रीमान मोहमद नर्शुलाह मियाँलाई चौथो तहमा नियुक्त गरि मासिक ३२ हजार ९ सय २ रुपियाँका दरले तलब भुक्तानी हुँदै आएको लेखा प्रमुख निरन्जन पटेलले बताए ।
नेपाल सरकार एवं प्रदेश सरकारको नीति नियम कानुनलाई धोती लगाउँदै आफ्नो मनपरि उपाध्यक्षको स्वकीय सचिव राख्ने निर्णय कार्यपालिकाको बैठकले गरेको स्रोतले जनाएको छ । मधेस प्रदेशको हकमा महानगरपालिका बाहेक गाउँपालिकामा स्वकिय सचिव एवं सल्लहकार राख्ने नियम नीति नभएपनि कानुन विपरीत मियाँको नियुक्ति दिएको छ ।
यस विषयमा उपाध्यक्षका स्वकिय सचिव मियाँले आफु उपाध्यक्षको कामकाजको लागि नियुक्ति लिएको तर तलब भत्ता सेवा सुविधा नलिएको बताए तर प्रत्येक महिनाको सेवा सुविधा बुझिएको लेखा प्रमुख पटेलले बताए ।
सो घटनाका सम्बन्धमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले आफू आउनुभन्दा पहिला नै यो निर्णय भएको जानकारी दिनु भयो । पालिकाले कार्यविधि बनाएर स्वकीय सचिव राखेको पाइएको भए पनि ऐन नियममा नरहेको उहाँले स्पष्ट पार्नुभयो । नियम विपरीत आफूखुसी राखिएका स्वकीय सचिवहरूलाई तलब भत्ता अब नखुवाउने र नियम विपरीत भएका सबै नियुक्ति छिट्टै खाजेर गरिने उहाँले बताउनु भयो ।
अध्यक्ष तथा उपाध्यक्षले पाउने सुविधाभन्दा स्वकीय सचिवहरूलाई बढी सुविधा दिई राज्य कोषको दुरुपयोग भएको गुनासो स्थानीयको छ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed