CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मैथिली एसोसिएशन नेपालको १५ सदस्यीय कार्यसमिति गठन

फेटा GP PSA
603
सिम्रौन्गढ़ नपा psa

विराटनगर

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मैथिली एसोसिएशन नेपालको चौथो वार्षिक साधारण सभा पौष ७ गते होटल रंगी विराटनगरको सभागारमा सम्पन्न भयो। मैथिली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्धन गर्न छाता संगठनको प्रारूपमा स्थापित यस एसोसिएशनको नया कार्यसमितिमा अध्यक्ष सहित कुल १५ जना पदाधिकारीहरुको चयन गरिएकोछ। अध्यक्षमा मैथिली भाषा अभियन्ता प्रवीण नारायण चौधरी र उपाध्यक्षमा वरिष्ठ समाजसेवी आभा अनुपमा र पंकज वर्मा, महासचिवमा राकेश देव, सचिवमा भाष्कर चौधरी र अजय कर्ण, कोषाध्यक्षमा मीरा देव र सदस्यहरुमा प्रकाश प्रेमी, पूनम सिंह, वन्दना चौधरी, विरेन्द्र कुमार झा, दिपेन्द्र स्वर्णकार, रोजी झा, सरिता साह र मन्जू मिश्र निर्वाचित हुनु भएकोछ। निर्वाचन समितिका संयोजक शिव नारायण पण्डित सिंगलद्वारा निर्वाचित पदाधिकारीहरुको नामको घोषणा गरिंदै मैथिलीभाषाको वरिष्ठ अभियन्ताद्वय रामरिझन यादव तथा डा. योगेन्द्र प्रसाद यादवद्वारा नया कार्यसमितिलाई बधाई ज्ञापन गर्नु भयो र वहाँहरुकै रोहवरमा संचालक किसलय कृष्ण द्वारा पदाधिकारीहरुलाई शपथग्रहण पनि गराइएको थियो।

वार्षिक साधारण सभाको उद्घाटन प्रमुख अतिथि संविधान सभा सदस्य एवं पूर्व मंत्री (कोसीप्रदेश) माननीय जयराम यादवज्युले गर्नु भयो। त्यस्तै कार्यक्रममा हनुमाननगर-कंकालिनी नगरपालिकाका मेयर वीरेन्द्र माझी विशिष्ट अतिथि हुन्हुन्थ्यो। अतिथिहरुमा युवा राजनीतिकर्मी उमेश यादव, रंजीत झा, कादिर अली, कन्हैयालाल साह र राजेश गुप्ता, मिथिला चित्रकलाको वरिष्ठ चित्रकर्मी शीला चौधरी, महिला अधिकारकर्मी तथा मैथिली अभियन्ता संजू साह, मैथिली सेवा समितिको संस्थापक अध्यक्ष डा. सुरेन्द्र नारायण मिश्र र निवर्तमान अध्यक्ष डा. एस. एन. झा र उपाध्यक्ष डा. योगेन्द्र प्रसाद यादव, प्रा. डा. नीलाम्बर झा, वरिष्ठ भाषा अभियानी रामरिझन यादवको महत्वपूर्ण उपस्थिति थियो।

उद्घाटन सत्रमा प्रमुख अतिथि सहित विशिष्ट अतिथि र अतिथिहरुले मैथिली भाषा र भाषिक अधिकार सम्बन्धित अनेकौं ध्येय विषयवस्तुमा एसोसिएशनले अभियान संचालित गर्नुपर्ने ध्यानाकर्षण गरे। नेपालको नया राजनीतिक परिदृश्य र खास गरि संघीयता लागू भएपछि स्थानीय निकाय र प्रदेश सरकारको कामकाजको भाषाको रूपमा कोसी प्रदेश र मधेश प्रदेशका साथ अन्य प्रदेशहरुमा पनि मैथिलीभाषीहरुको हकहित, मैथिली भाषा-साहित्यको शिक्षामा समावेश र सामाजिक-सांस्कृतिक व्यवहारमा मैथिली भाषाको प्रयोग र सम्वर्धन गर्नुपर्ने आवश्यकतामा जोर दिंदै मैथिली एसोसिएशन नेपालले सम्पूर्ण भाषाभाषीलाई संगठित गर्न सक्ने सम्भावना प्रति मार्गदर्शन गरियो। स्थानीय पाठ्यक्रम जस्ता विषयहरु मैथिलीभाषी छात्र-छात्रालाई मैथिलीमा नै हुनु पर्छ र सो कार्यको लागि विभिन्न पालिकाहरुको अवस्था अध्ययन गर्न जरूरी पहल एसोसिएशनले गर्नेछ शुभकामना दिंदै उद्घाटन सत्रको समापन घोषणा गरियो। दोस्रो बन्द सत्र कार्यक्रमको सत्रद्वारा निर्वाचन प्रक्रिया अगाडि बढाउंदै पूर्ण लोकतांत्रिक पद्धतिवाट नया कार्यसमितिको चयन गरिएको थियो। निर्वाचन समितिका संयोजक शिव नारायण पण्डित सिंगल तथा सदस्य कर्ण संजय – दुवैजना मैथिली भाषाको वरिष्ठ साहित्यकार तथा कविवाट सम्पन्न गरिएको थियो। नया कार्यकारिणी पदाधिकारीहरुलाई कार्यक्रम संचालक किसलय कृष्ण वाट दुवै वरिष्ठ अभिभावकहरु रामरिझन यादव र डा. योगेन्द्र प्रसाद यादवको सान्निध्य-उपस्थिति-निर्देशनानुसार र निर्वाचन समितिको उपस्थितिमा गराइयो। साथै समस्त अभिभावकहरु द्वारा नया कार्यसमितिलाई ऊर्वावान् बनी समस्त कार्य पूरा गर्न जिम्मेदारीबोध गराउंदै बधाई ज्ञापन गरियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश