विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

नेपाली शेयर बजार अपराधीहरूको कब्जामा रहेको प्रदीप यादवको टिप्पणी

सिम्रौन्गढ़ नपा psa

वीरगंज, १२ पुष । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले नेपाली शेयर बजार अपराधीहरूको कब्जामा रहेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकलाई सम्बोधन गर्दै यादवले शेयर बजारमा भइरहेको गम्भीर आर्थिक अपराधमा मन्त्री, कर्मचारी र धितो बोर्डका अध्यक्ष प्रत्यक्ष रूपले संलग्न रहेको आरोप लगाए ।

karaiya holi 2082

पूर्व वन तथा वातावरण मन्त्री यादवले भने, ‘धितो बोर्ड नै मतियार बनेर लगानीकर्तामाथि अत्याचार गरिरहेको छ भने सीमित व्यापारी र बिचौलियालाई पोस्ने काम भइरहेको छ । यसमा नेपाल सरकारका मन्त्रीहरूको पनि संलग्नता छ, कर्मचारीको मिलेमतो छ भने धितो बोर्डका अध्यक्षको पनि संलग्नता देखिन्छ ।’

Prasauni holi 2082

शेयर बजार लगातार घटिरहेको अवस्थामा घाटामा गएका बैङ्कले प्रिमियम मूल्यमा आइपिओ जारी गरेर अर्बौँ रुपैयाँ लगानीकर्तालाई झुक्क्याएर उठाउन सफल भएको पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवको भनाई छ । घाटामा गइरहेका घोराही सिमेन्ट, हिमालयन इन्सुरेन्स लगायतका कम्पनीलाई आइपिओ जारी गर्न अनुमति दिएर अर्बौँ रुपैयाँ सङ्कलन गर्न दिने नै धितो बोर्डका अध्यक्ष भएको यादवको आरोप छ ।

३३ खर्ब भन्दा माथि लगानी भएको शेयर बजारमा लगातार घाटा लाग्दा लगानीकर्ता आत्महत्या गर्न र शेयर बजारबाट पलायन हुन बाध्य भएकोमा उनले चिन्ता व्यक्त गरे । बिमा कम्पनीले आइपिओ निष्कासनका लागि अनुमति दिँदाको प्रावधान र सम्बन्धित कम्पनीका विभिन्न निर्णय, कागजपत्र तथा पत्राचारको छानबिन गर्न पनि उनले ध्यानाकर्षण गराएका छन् ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed