CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रथम गैँडाकोट हाफ म्याराथन २०८० को उपाधि त्रिभुवन आर्मी कल्बका राजन रोकाया लाई

फेटा GP PSA
4,918
सिम्रौन्गढ़ नपा psa

डिलकुमारि नेपाल,  चितवन।

प्रथम गैँडाकोट हाफ म्याराथन २०८० को उपाधि त्रिभुवन आर्मी कल्बका राजन रोकायाले पाएका छन् । उनले निर्धारित २१ किलोमिटरको दुरी १ घण्टा ३ मिनेट ५ सेकेण्डमा पुरा गर्नुभएको थियो । विजयी भएसँगै उनले १ लाख पुरस्कार हात पारे । त्यस्तै दोस्रो स्थान पनि त्रिभुवन आर्मी कल्बकै नरेन्द्र सिंह राउतले लिन सफल भएका छन् । उनले निर्धारित दुरी १ घण्टा ३ मिनेट ३० सेकेण्डमा पुरा गरी ५० हजार पुरस्कार हात पारेका हुन्। त्यस्तै तेस्रो स्थान धापाखेल काठमाडौँका अजित कुमार यादवले सफलता साथ लिए । उनले निर्धारित दुरी १ घण्टा ५ मिनेट ५२ सेकेण्डमा पुरा गर्नुभयो । विजयी भएसँगै उनलेनगद २५ हजार पुरस्कार लिनसफल हुनुभयाे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

महिलातर्फ एपिएफका सिमा चौधरी प्रथम भएकि छिन् । उनले सोही दुरी १ घण्टा २७ मिनेट १४ सेकेण्डमा पार गर्नुभएको थियो । उनलाई नगद २५ हजार पुरस्कार प्रदान गरेकाे छ । क्रमशः टप टेन भित्र पर्ने धावकलाई प्रोत्साहन स्वरुप जनही ५ हजार, टप ५० जनालाई मेडल प्रदान गरिएको हाे।  उक्त खेलमा ५ किलोमिटर विद्यार्थी मैत्री दौड प्रतियोगितामा पश्चिम नवलपरासीका प्रेमलाल कोहार प्रथम हुनुभयो । उनले निर्धारित दुरी १५ मिनेट १९ सेकेण्डमा पुरा गर्नुभयो । विजयी भएसँगै उनले १०नगद हजार पुरस्कार समेत पाए । तनहुँ रिसिङका अमृत विकले १५ मिनेट ३६ सेकेण्डमा पुरा गरी दोस्रो हुनुभयो । उनले ५ हजार पुरस्कार पाउनुभयो । काठमाडौँ चन्द्रागिरीका अनुज महत तेस्रो हुनुभयो ।

Karaiya Mai Notice Winter

१५ मिनेट ५५ सेकेण्डमा दुरी पार गरी उनले नगद ३ हजार पुरस्कार पाए ।भने प्रतियोगितामा ८ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीले सहभागिता भएका थिए ।विजय फाउण्डेसन नेपालको आयोजनामा भएको प्रथम गैँडाकोट हाफ म्याराथन २०८० मा २१ किलोमिटरका लागि २८ महिला सहित २५० जनाले नाम लेखाएका थिए भने ५ किलोमिटरको विद्यार्थीतर्फ १८० जनाले नाम लेखाएको संयोजक आदर्श सिग्देलले बताउनुभयाे  विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले ‘नेपाली पन, नेपाली मन र नेपाली धन’ सहित भन्ने नारा सहित स्थापित फाउण्डेशनले गैँडाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

स्वास्थ्य र खेलकुदमा अब गैँडाकोट अघि बढेको बताउँदै हरेक वर्ष पौष १५ गतेका दिन प्रतियोगिता गरिने उनले बताए ।
गैँडाकोट नगरपालिका नगर प्रमुख मदनभक्त अधिकारीले खेलकुद स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको बताउँदै विजय परिवारको कामको प्रशंसा समेत गर्नुभयाे। विशिष्ट अतिथि अन्तर्राष्ट्रिय म्याराथुन धावक वैकुण्ठ मानन्धरले मोफसलमा यस खालका कार्यक्रमको लागि विजय फाउण्डेशनसँगै विजय परिवारको कामले प्रभावित भएको बताए ।

विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सामाजिक कार्यमा विजय परिवार निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा समेत यस खालका कार्यक्रमलाई निरन्तरता गनुपछ उनकाे दावि छ । भेट्रान धावक बुद्धविर लामाले आर्थिक रुपमा ठूला भार पर्ने भएपनि आयोजकको यसखालको प्रयासले धावकहरुमा उत्साह थपिने बताउनुभयो ।  गैँडाकोटका चोक–चोकमा गैँडाकोटबासीले घडा स्थापना गरी स्वागत गर्नुका साथै धावकलाई हौसला प्रदान गनुभएकाे थियाे । ५० बढी चोकमा प्रहरी, ट्राफिक प्रहरी, स्वयम्सेवक खटाइएको थिए ।

गैँडाकोट ५ विजय सामुदायिक शिक्षा सदनबाट सुरु भएको दौड गैँडाकोट ८ विजय विकास स्रोत केन्द्रलाई देब्रे पार्दै नन्दन वन, भानु चोक, गैँडाकोट ७ गैरी, जयश्री पुल, गैँडाकोट ९ थुम्सीबाट जयश्री फुड्सबाट गैँडाकोट ७ टेम्पो पार्कहुँदै पिसपार्क, गैँडाकोट ६ गैँडाचोक, गैँडाकोट ५ नारायणी नदी किनार, गैँडाकोट २ इलाका प्रहरी कार्यालयहुदैं शिलान्यास चोक, गैँडाकोट १ विकास चोक, बैंकटेश मन्दिर, मौलाकाली फेदीबाट मिलनचोक हुँदै गैँडाकोट ४ कालिगण्डकी करिडोर, गैँडाकोट पम्पिङ, लखनचोक, गैँडाकोट ५ काँग्रेसचोक, गणेश मन्दिर, कालिकाचोक, जनक स्कूल हुँदै विजय सामुदायिक शिक्षा सदन पुगेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश