विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रानी-जोगवनी नाकामा गिरी फाउण्डेशनको शुभकामना आदान प्रदान कार्यक्रम

सिम्रौन्गढ़ नपा psa

विराटनगर / नयाँ वर्ष २०२४ को अवसरमा भारतबाट नेपाल आउने पर्यटकहरुलाई नेपाली सीमामा गिरी फाउण्डेशन को संयोजक अभिषेक गिरीले नेपाली टोपी खाँदा मिठाई सहित स्वागत गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पर्यटन प्रवर्द्धन र दुई देश बीचको सम्बन्ध अझ प्रगाढ बनाउन गिरी फाउण्डेशनको संयोजक अभिषेक गिरीले जनवरी १ तारीख नयाँ वर्षको दिन आफ्नो सहयोगीहरुलाई साथमा लिई विहान को समयमा वनभोज गर्न नेपाल आउने बालक वृद्ध महिला लगाएत सबै उमेरका पर्यटकहरुलाई खाँदा नेपाली, टोपी, मिठाई लिएर नयाँ वर्षको शुभकामना सहित रानी – जोगवनी नाकामा स्वागत गर्दै पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराउँदै स्वागत गरेका छन् ।

उक्त स्वागत कार्यक्रममा विराटनगर महानगर पालिकाको १५ नं वडा का अध्यक्ष प्रकाश साह, नेपाली कांग्रेसको युवा नेता मो. फैयाज रैन, अबुल खान, समीम मियाँ (समुल्ला) लगाएत को सहभागिता रहेको थियो ।

फाउण्डेशन का संयोजक गिरीले आफ्नो सहयोगी साथीहरुलाई साथमा लिएर विभिन्न समयमा विपन्न, गरीब असहाय मानिसहरूलाई बेला बेलामा सहयोग गर्ने, विद्यालय मठ मन्दिर सरसफाई, विद्यार्थीहरुलाई पठन पाठन सामाग्रीहरु वितरण गर्दै आइरहेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed