विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

प्रेस चौतारी पर्साको पहिलो बैठक सम्पन्न

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २२ पुस वीरगंज 

karaiya holi 2082

पर्सा

 

 

चार बुंदे निर्णय पारित गर्दै प्रेस चौतारी नेपाल पर्सा शाखाको पहिलो बैठक आज सम्पन्न भएको छ । पर्सा अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले धन्यवाद ज्ञापन, खाता संचालन, कार्यालय व्यवस्थापन र बिबिध गरि चार वुदें निर्णय पारित गरेको हो । बैठकले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै पुस १३ गते सम्पन्न बिशेष अधिवेशन सफल पार्न सहयोग गर्ने चौतारीका केन्द्रिय अध्यक्ष,महासचिव,एमाले प्रचार प्रसार बिभागका सचिव,केन्द्रिय सदस्य, संगठनका मधेश प्रदेश सचिव एवं ईन्र्चाज,केन्द्रिय सचिव, पार्टीका केन्द्रिय सदस्य,पार्टीका पर्सा अध्यक्ष, चौतारीका केन्द्रिय सदस्य, पर्सा ईन्र्चाज,चौतारी पर्साका पुर्व अध्यक्षहरु, चौतारीका अग्रज,पार्टीका नेतागण लगायत चौतारीका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकले खाता संचालनको लागि कोषाध्यक्षको अनिवार्य हस्ताक्षर हुने गरि बैंक खाता संचालन तथा हस्ताक्षर परिर्वतन गर्ने निर्णय समेत गरेको छ । यसैगरी बैठकले चौतारी पर्सा शाखाको कार्यालय संचालनको लागि उपाध्यक्ष राजेन्द्र सिंह, सह सचिव धन्नजय मिश्रा र कोषाध्यक्ष संतोष पटेललाई उपयुक्त ठाँउ खोजी गरि कार्यालय व्यवस्थापनको जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले पुस २८ गते वन भोज कार्यक्रम गर्ने र सोही दिन प्रमाण पत्र बितरण गर्ने निर्णय समेत गरेको चौतारी पर्साका सचिव राकेश साहले जानकारी दिए । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा सम्पन्न बैठकमा उपाध्यक्षद्वव राजेन्द्र सिंह, निलम पन्त,सचिव राकेश साह, सह सचिव धन्नजय मिश्रा,कृष्णा कुशवाहा, कोषाध्यक्ष संतोष पटेल,सदस्यहरु एस.के चौरसिया,आरोहण साह,रश्मिराज भण्डारी, पन्नालाल साह, राजन कुमार सिंह,शोभा धमला, कृष्णा चौरसिया, शेख सजाद हुसेन, राजु प्रसाद साह,नविन कार्की, राम कुशवाहा, बलिराम यादव, कमला भण्डारीको उपस्थिती रहेको थियो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed