विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

प्रभु साह नेतृत्वको आजपाले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २२ पुस बीरगंज 

राैतहट

 

 

प्रभु साह नेतृत्वको आजपाले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक 

Prasauni holi 2082

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

 

भन्सार नियमावलीमा रहेको कमिसनसम्बन्धी व्यवस्था हटाउन माग गर्दै आजपाले गर्दै पहिलो र दोस्रो चरणमा मागको सम्बोधन नभएपछि तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । पहिलो र दोस्रो चरणको गरी करिब ४ महिना आन्दोलन गरिसकेको आजपाले तेस्रो चरणको आन्दोलन घोषणा गर्न बाध्य भएको जनाएको छ ।

 

karaiya holi 2082

तेस्रो चरणको आन्दोलन अन्तर्गत पार्टीका अध्यक्ष साहले पौष २७ गते राजस्व नीतिबारे अर्थ बिज्ञहरुसँग काठमाडौँमा अन्तरक्रिया गर्ने कार्यक्र तय भएको जानकारी दिए ।

 

यसैगरी पौष २५ देखि माघ १० गतेसम्म सीमाक्षेत्रका स्थानीय तहहरुमा भेला, अन्तरक्रिया तथा संघर्ष समिति गठन गर्ने, माघ ६ गते भन्सार नीतिबारे राजनीतिक पार्टी तथा सांसदहरुसँग छलफल गर्ने, माघ ११ देखि १९ गते तराईका जिल्ला सदरमुकाममा सर्वपक्षीय भेला तथा मोटरसाइकल ¥याली गर्ने कार्यक्रम तय छ ।

माघ १३ गते काठमाडौँमा मोटरसाइकल ¥याली गर्ने र माघ २१ गतेदेखि अनिश्चितकालसम्म भन्सार विभाग तथा जिल्लाका भन्सार कार्यालयहरु घेराऊ गर्ने कार्यक्रम राखिएको पार्टी अध्यक्ष साहले जानकारी दिए । भन्सार कानूनमा रहेको गलत प्रावधानहरू नहटेसम्म आफूहरुको आन्दोलन जारी रहने उनी बताउँछन् ।

 

भन्सार नियमावलीमा रहेका पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउने, देशको राजस्व सम्बन्धी सम्पूर्ण कानुनमा एकरूपता ल्याउनेलगायतका मागसहित भदौ ३१ गते ज्ञापनपत्र मार्फत सुरू गरिएको पहिलो आन्दोलनमा “जिल्ला जिल्लामा अन्तरक्रिया गर्ने, नियमावली जलाउने, जिल्ला भन्सार कार्यालयहरु घेराऊ गर्ने तथा भन्सार विभागमा धर्ना र घेराऊ” लगायतका कार्यक्रमहरु सम्पन्न गरिएको साहले बताए ।

 

तर, मागबारे सरकारले कुनै सुनवाई नगरेको भन्दै आजपाले पौस १ गतेदेखि दोस्रो चरणको भन्सार विभाग घेराऊ लगायतका संघर्षका कार्यक्रम ल्याएको थियो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed