विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मेरी सर्भिसका डा. यादव रकम असुल्नमा माहिर, बिरामी घर न घाटका

वीरगंज महानगरपालिका वडा नं. ८ लिंकरोडमा रहेको मेरी सर्भिस सेन्टर प्रा.लि.ले बिरामीहरुलाई निको पार्नुको साट्टो झनै बिरामी बनाएको घटना प्रकाशनमा आएको छ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २९ पुस बीरगंज

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
वीरगंज महानगरपालिका वडा नं. ८ लिंकरोडमा रहेको मेरी सर्भिस सेन्टर प्रा.लि.ले बिरामीहरुलाई निको पार्नुको साट्टो झनै बिरामी बनाएको घटना प्रकाशमा आएको छ । घटना गत पुस २३ गते सोमबारको हो ।
Karaiya Mai Notice Winter

वीरगंज महानगरपालिका वडा नं. १७ निवासी एक महिलाले आफ्नो बन्ध्याकरण गराउन मेरी सर्भिस सेन्टरमा पुगेकी थिईन् । बन्ध्याकरण गराउन पुगेकी सो महिला सँग एउटा कागजमा दायाँ बाँया लेप्चे लगाई भर्ना गरिएको थियो । भर्ना भएकी केही समयमै अपरेश्न थिएटरमा लगी डा. राम नरेश यादवले बन्ध्याकरण (मिनी ल्याब) गरे । बन्ध्याकरण पश्चात बेलुकी बिरामीलाई घर पठाउनलाई डिस्चार्ज समेत गरियो ।

डिस्चार्ज गरी बिरामीलाई घर लैजानको लागि बिरामीका श्रीमान मेरी सर्भिस सेन्टर (क्लिनिक) मा पुग्दा एक व्यक्तिले तपाईको बिरामीको बन्ध्याकरण पूर्ण रुपमा सफल नभएको बताउँदा उनी आश्चर्यमा परे । सो विषयमा अस्पतालका कर्मचारी, प्रशासन वा डाक्टर सँग बिरामीका श्रीमानले सोध्दा सबै ठिक छ, त्यस्तो केही पनि नरहेको भनि ढाटे । पछि के भएको हो भनि श्रीमानले बुझदै जादा बन्ध्याकरण गर्दा दुई वटा फ्लोपेन ट्युब (नशा) हुन्छ, त्यसमा एउटा मात्र नशा बन्द गरिएको र अर्को नशा खुल्लै छोडेका डा. यादवको लापरवाही भएको देखियो ।

घटना भए पश्चात पिडितका श्रीमानले मेरी सर्भिस सेन्टरका प्रशासन हेर्ने (बाउन्सरको रुपमा कार्यरत्त) संदिप चौरसिया सँग बुझ्दा कुनै बिरामीको केश बिग्रेमा हामीले बिरामीबाट असुलेको रकम फिर्ता गछौं भन्दै पिडितका श्रीमानलाई फकाउने प्रयास गर्दा उनले म कानुनी उपचारमा जान्छु भन्दा चौरसियाले अभद्र व्यवहार गर्नुका साथै हातपात गर्ने प्रयास समेत गरेको पिडितले दुःखेसो पोखेका छन् । वीरगंज–१७ की महिला त एउटा उदाहरणको लागि प्रतिनिधि पात्र मात्र हुन् । यो क्लिनिकमा त्यस्तो कैयौं घटना घटेको स्वयं अस्पतालका चिकित्सक यादव स्वीकार गरेका छन् ।

क्लिनिकले एउटै बिरामी सँग बन्ध्याकरणमा दुई पटकसम्म रकम असुल्नैको लागि यस्तो गर्ने गरेको बताईन्छ । रकमकै लागि बिरामीको जिउ ज्यान सँग खेलवाड गर्ने यस्ता क्लिनिक र डाक्टरमाथि बिरामीका श्रीमानले जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखामा निवेदन दर्ता गराई कडा कारवाहीको लागि माग समेत गरेका छन् । कम्पनि रजिष्ट्रारको कार्यालयमा वीरगंज मेरी स्टोप्स हेल्थ केयर नामले दर्ता गरिएको छ । स्वास्थ्य निर्देशनालय सपही, धनुषाबाट लालबन्दी–१ सर्लाही बस्ने संगिता कुमारीको नाममा दर्ता गराई १० हप्ता सम्मको गर्भपतन सेवा गर्न मात्र अनुमति लिएको मेरी सर्भिस सेन्टरको कार्यालयमा झुण्डयाईएको प्रमाणपत्रमा उल्लेख छ ।

अनुमति लिएकी व्यक्ति वीरगंज बाहिर कार्यरत्त रहेको र उनको प्रमाणपत्र मात्र राखी सेवाग्राहीहरुलाई झुक्याई मेरी सर्भिस सेन्टरले बिरामीको स्वास्थ्य सँग खेलवाड गर्दै रकम असुल्ने गरेको बताईन्छ । यस सम्बन्धमा डाक्टर राम नरेश यादव सँग बुझ्दा बिरामीको कुरुवालाई परामर्श दिने व्यक्तिले जानकारी नदिएको र मैले दिनमा ८०÷८५ वटा सम्म मिनी ल्याब गर्ने गर्छु र कहिले काही मानव भएकोले गल्ती हुने गरेको बताए । यो घटनामा पनि म सँग गल्ती भएको स्वीकार गरे । मानव जिवन सँग खेलवाड गर्ने डाक्टर र स्वास्थ्य संस्था माथि नियमनकारी निकाय सँग कडा भन्दा कडा कानुनी कारवाहीको पिडितहरुले माग गरेका छन् । मेरी सर्भिस सेन्टर नजिकै परिवार नियोजनको लागि भरपर्दो मेरी स्टोप्स क्लिनिक रहेकोमा सेवाग्रहीहरु मेरी स्टोप्समा नगई झुकिएर मेरी सर्भिसमा जाने गरेको बताईन्छ ।

ठगी धन्दा चलाएका मेरी सर्भिसले जानाजान मेरी स्टोप्स निर नै आफ्ना क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

 

साभार :- न्यूज नवलपुर टुडे

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed