CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियामा बालबिबाह सम्बन्धी सरोकरवालाहरु संग १ दिने अभिमुखीकरण सम्पन।

फेटा GP PSA
453
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २ माघ पोखरिया 

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बालबिबाह लाई संबोधन गर्न किसोर किशोरीहरुलाई शसक्त बनाउ उदेशय बारे पालिका स्तरिय सरोकारवाला हरु संग कार्यक्रम समबन्धी अभिमुखिकरण तथा समन्वय बैठक कार्यक्रम पर्साको पोखरिया नगरपालिकामा अाज सम्पन्न भएको छ। युनिसेफ नेपालको सहयोग र समाजिक संस्था जिल्ला समन्वय समिति पर्साले अायोजना गरेको अभिमुखिकरण कार्यक्रम पोखरिया नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा बालबिबाह रोकथाममा अहम भुकिका खेली बालबिबाह नगरपालिका मुक्त बनाउने कार्यक्रमका प्रमुख अतिथि पोखरिया नगरपालिकाको नगर उप प्रमुख रुबी कुमारी ठाकुरले घोषणा गरेकि छिन।

 

बालबालिका र महिला हरुको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु संग सहकार्य गरि बालबिबाह बिरुद अगाडि बढेर नगरपालिका मुक्त गराउने बताईन । यश अभियान पुरानो भएपनि पहिला देखि नै बालबिबाहमा धेरै कमी देखिएको बताईन ।

कार्यक्रममा पोखरिया नगरपालिकाको प्रमुख प्रसाशकिय अधिकृत अजय श्रीबास्तवले बालबिबाह रोकन बिधालयमा गई अभिभावक र छात्र,छात्राहरुलाई प्रशिक्षण दिनु पर्नेमा जोड दिनु भएको थियो।

पहाडी क्षेत्र भन्दा मधेश प्रदेशमा सबै भन्दा बढि बालबिबाह देखिए पनि पहिलाको तुल्नामा शिक्षाको कारण धेरै नै बालबिबाहमा सुधार देखिएको बताए ।

बालबिबाह हुदा धेरै नै समस्या देखिएको छ। बालबिबाह हुदा शरिरिक अवस्था कमजोर भएको कारण कति जनाको ज्यान पनी गएको देखिएको छ।

Karaiya Mai Notice Winter

त्यसै कारण अभिभावकहरुले अाफ्ना छोरा छोरीहरुलाई २० वर्ष उमेर पुगिसकेपछी बिबाह गर्ने जनाएका छन। सानो उमेरमा बिबाह गर्दा शरिरिक र मान्सिक रुपमा परिपक नभए को कारण अकालमा मृत्यु पनि हुन गरेको र बालबिबाह र दाइजो प्रथा कानुनी अपराधको रुपमा मानिएको छ।

 

हाम्रोपालिका मार्फत बालबालिका र महिलाहरुको हकहित का बारेमा कार्यक्रम संचालनमा रहेको र यस्ता बिषयहरुमा काम गर्ने संस्था संग सहकार्य गरि बढने बताए ।

नगरिपालिकाबाट हुने सक्दो सहयोग गर्ने बताए । अभिमुखिकरण कार्यक्रममा ईलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरिक्षक मोहन बिक्रम केसीले भने सामुदायिक प्रहरी साझेदार कार्यक्रममा हामीहरु प्रतेक गाउँपालिकाहरु रहेको बिधालय र गाउँहरुमा गएर बालबिबाह , दाइजो बिरुद र महिला हिंसाको बारेमा जनचेतना जगाउने  गरेकाछौ अाउने दिनमा हामीहरु एक साथ सहकार्य गरेर संचालन गर्ने बताए ।

स्थानिय जनप्रतिनिधि , संघसंस्था ,अभिभावक र सुरक्षाकर्मी हरुले सहयोग गरिदिन संस्थाका प्रशिक्षक रुपक पाण्डेले जनाएका छन।

बालबिबाह, दाईजो प्रथा बिरुद र महिला हिंसा बारे रोकथाम गर्न बिधालय बाट सुरु गरि शिक्षक,अभिभावक ,र बिधालय का बिधार्थीहरलाई जनचेतना दिलाउनमा जोड दिनु भएको थियो।

 

अभिमुखिकरण प्रशिक्षक रुपक पाण्डेले प्रोजेक्टको माध्यम बाट बालबिबाह बिरुद प्रशिक्षण दिनु भएको थियो।

अभिमुखिकरण कार्यक्रम समाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष ईब्राहिम देवानको अध्यक्ष्ातामा भएको कार्यक्रममा वडा अध्यक्ष किशोरी साह, कार्यपालिका सदस्य शिवबचन महतो, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरिया सभापति भगवान प्रसाद कुर्मी, संस्थाको निर्मला भन्डारी,जयकिसोर साह।,

नगरपालिका को शिक्षा प्रमुख वाल्मीकि साह, महिला शाखा प्रमुख हस्तयानी गिरी,लेखापाल मन्दिप महतो, समाजिक शाखा प्रमुख नरेन्द्र साह, लगायत पालिका का सदस्य , कार्मचारी, संघ संस्थाका प्रतिनिधि र सुरक्षाकर्मी,पत्रकार गरि ३३ जनाको सहभागिता रहेको थियोे

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश