विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कानु समाज नेपाल पर्साको दोस्रो बैठक पोखरियामा सम्पन ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २० माघ बीरगंज

पर्सा 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कानु समाज नेपाल  जिल्ला कार्य समिति पर्साको दोश्रो बैठक आज पोखरिया नगरपालिका- ४ मा सम्पन्न भएको छ। 

बैठकमा कानू समाज पर्साले कानु समाजका  अति  गरिब परिवारका शिक्षा बाट बन्चित रहेका बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा आवश्यक विधालय पोशाक वितरण तथा आर्थिक सहयोग गरिने निर्णय गरेको छ।

 

Karaiya Mai Notice Winter

आर्थिक अवस्था कमजोर भयको परिवारमा रहेको उमेर पुगेका  छोरीहरुको विवाहमा आर्थिक सहयोग गर्ने कानू समाज पर्साका  अध्यक्ष लक्ष्मण साह कानुले प्रतिबद्धता जनाएका छन ।

बैठक बाट २०८१ सालको बैसाख महीनामै  कानु समाज नेपालको  बीरगंज महानगरपालिकाको नगर  अधिवेशन गर्ने पर्सा जिल्लाको बाकी रहेको ३ नगरपालिका र १० वटा गाउपालिकाको अधिवेशन गर्ने तथा कानु समाज नेपाल नगर कार्य समिति  पोखरियामा रिक्त रहेको  नगर अध्यक्षको चयन गर्ने,कानू समाज नेपाल  पर्साका सचिव श्रवण प्रसाद साह कानूले बताएका हुन ।

 

 जिल्ला अध्यक्ष लक्ष्मण साह कानुको अध्यक्षतामा बसेको  बैठक तथा कार्यक्रममा कानु समाज नेपाल पर्साका कोषाध्यक्ष ओमप्रकाश साह कानु, सह-सचिव सुरेन्द्र साह कानु, सदस्य हरिशंकर साह कानु,जियालाल गुप्ता, रामदयाल प्रसाद साह, रुपनारायण प्रसाद साह कानू लगायतहरूको  उपस्थित रहेको थियो।

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed