विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अन्तरजातीय आदर्श विवाह गरेका यादव र चौधरी सम्मानित

सिम्रौन्गढ़ नपा psa

जनकपुरधाम, धनुषा।

हुनत हाम्रो समाजमा दाइजो सहितको विवाहले गर्दा समाजिक तथा घरायसी बिकृती चरम सिमामा नाघेको छ। जसको फलस्वरूप हाम्रो समाजमा हजारौ घरपरिवार समाजिक तथा पारिवारिक झमेलामा फसी प्रहरी प्रशासन एवं अदालतको ढोका ढकढक्याउन बाध्य भएका छन्। दिनहु यस्ता समस्या बारे संबंधित ठाउँहरुमा पीडितहरु पुग्ने गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

हाम्रो समाजमा ब्याप्त रहेकाे व्यापाररुपी दाइजो प्रथाले समाजिक तथा घरायसी बिकृतीले प्राकाष्टा नाघेकाे छ । हुनत विवाह भनेको एउटा यस्तो बन्धन हो जुन धार्मिक मान्यता अनुसार जुनिजुनिको सम्बन्ध कायम हुने गर्दछ। दम्पतिले एक-अर्का लाई जीवन सुम्पेका हुन्छन्। त्यस्तै बेहुलीको आमा बुबाले आफ्नो कलेजोको टुक्डा लाई अर्काको जिम्मामा सुम्पेको अवस्था हुन्छन्। तर दाइजो पिपासु राक्षसहरुले ती कलेजोका टुक्डा लाई छन् भरीमा सखाप पारी वा सम्बन्ध बिच्छेद गरि पूरा अस्तित्व नै समाप्त पारेका हुन्छन्।

Karaiya Mai Notice Winter

वास्तवमा विवाह भनेकाे दुई आत्माकाे मिलन, दुई परिवारबिचकाे अटुट सम्बन्ध तथा दुवैकाे एक अर्काका सुख दु:खमा सँगै जिउने सँगै मर्ने वाचाकाे प्रतिककाे रूपमा रहेकाे हुन्छ । तर दाईजाे रूपि दानवले यि सबै मान्यतालाई ताेडदै हरेक अवस्थामा नाफा र धाटाकाे हिसाब हेर्ने व्यपार परम्पराले विबाहकाे अस्तिव नै समाप्त पार्दै गईरहेकाे छ ।
साेहि मान्यता लाई ताेडदै बाराका युवा नेता संजय यादवले धनुषाका कि ममता चाैधरीसंग बिना दाईजाे, अन्तरजातिय तथा सहिद परिवार लाई सम्मान गर्दै आदर्श विबाह गरेका छन् ।

मधेशी समाजमा ब्यापत रहेकाे कुसंस्कृतिकाे रूपमा जडाे गारेकाे दाईजाे प्रथाकाे बिराेध स्वरूव आदर्श विबाह गरेकाे तथा मधेश बिद्राेहमा सहादत दिएका परिवारलाई प्रदान गरेकाे सम्मानलाई कदर गर्दै मधेशी पत्रकार समाज नेपालले वर-वधु दुवैलाई वैवाहिक जीवनको उत्तरोत्तर सफलताकालागि मंगलमय शुभकामना व्यक्त गरेका छन्।

मधेश आन्दोलनको क्रममा सहादत प्राप्त परिवारको छोरीसँग आदर्श विवाह गर्ने निर्णयलाई सामाजिक तथा सांस्कृतिक आन्दोलनको प्रतिकको रुपमा लिएको मधेशी पत्रकार समाजका केन्द्रिय अध्यक्ष मोहन सिंहले बताए। वर संजय यादव र वधु ममता चौधरीलाई यस क्रान्तिकारी, साहसिक, आंटिलो निर्णयको पहलका लागि र मधेशी समाजमा व्याप्त रहेको दहेज (दाइजो) प्रथाले दिनानुदिन बढ्दै गएको गलत चलन लाई तोड्दै दहेज रहित, विवाह भएकोमा वर बधुलाई सम्मानपत्र बाट सम्मानित गरेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed