विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सरकारले गर्नुपर्ने कार्य सखीः महिलाको साथीले पूरा गर्दै

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

“सखीः महिलाको साथी” परिवर्तनको संवाहकको रुपमा रहेका महिलाहरु सक्रिय रुपमा रचनात्मक कार्यमा लगाउन तथा उनीहरुको भावना र अन्तनिहित क्षमताको सम्मान गरी स्थानिय सीप, साधन र स्रोतको प्रयोग गरी समाजमा महिलाको स्थानलाई मर्यादित तथा गौरवपूर्ण रुपमा प्रस्तुत गर्नका लागि महिलाहरु द्वारा गठन गरिएको एक महिला मैत्री संस्था रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस संस्थाले MUNDO Cooperante नामक अन्तराष्ट्रिय दातृ निकायको सहयोगमा फेटा गाँउपालिका वडा नं. १ को टोल रजवटिया, त्रिवेणी र भलुही लगायतका डोम, नेटुवा तथा विपन्न परिवारका बालिका शिक्षामा पहुँच अभिवृद्धि गर्ने तथा उनीहरुको सानै उमेरमा हुने विवाह रोकथामका लागि विभिन्न क्रियाकलापहरु गर्दै आइरहेको छ । सोही क्रममा उक्त बालिकाहरु लाई “शैक्षिक समाग्री तथा ड्रेस वितरण कार्यक्रम गरेका छन्। उक्त पालिकाहरुको तीन वटा स्कुलहरुका २०/२० जना विद्यार्थीहरुलाई सामग्रीहरु वितरण गरिएको हो।

सखी संस्थाको अध्यक्ष मधु कुशवाहाको अध्यक्षता तथा जिसस बारा सभापति नरेन्द्र साहको प्रमुख आतिथ्यता एवं फेटा गा.पा. अध्यक्ष रुस्तम अंसारी, प्रसौनी गा.पा अध्यक्ष विनोद जयसवार, फेटा गा.पा उपाध्यक्ष निलम साह, प्रसौनी गापा उपाध्यक्ष किरण देवी साह लगायतका विशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो। कार्यक्रममा अन्य सरोकारवालाहरुको उपस्थिति रहेकोे थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed