CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिम्रौनगढ नगरका कर्मचारी तलबका लागि सडकमा

फेटा GP PSA
5,555
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

सिम्रौनगढ नगरका कर्मचारी तलबका लागि सडकमा उत्रिन बाध्य भएका छन्। दस महिना देखि तलब नपाएर बिचल्लीमा परेका छन्। कर्मचारीहरुले घरपरिवार चलाउन धौधौ परेको व्यथा थेग्न नसकेर सडकमा आन्दोलन गर्न बाध्य भएको बताउने गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

राजनीतिक दबावमा परि कोलेनिका प्रमुखले नगरपालिकाको खाता सञ्चालन गर्न नमानी शक्ति पृथिकरणमा सन्तुलन कायम हुन नसकी यस्तो समस्या उत्पन्न भएको लोसपाका केन्द्रिय सदस्य डा. कमरुल्लाह अंसारीले बताए। संविधानमा उल्लेखित रहेको शक्ति पृथिकरण अर्थात कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका लगायतको निकायमा एक अर्का लाई कुनै बहानामा कुनै कार्यमा बाधा अवरोध पुर्याउनु हुदैन तर यसमा एक अर्का लाई बाधित बनाउने कार्य भएकोले संघीयता माथी प्रश्न खडा हुने ठाउँ देखिन्छ। तर विडम्बना छ कि काङ्ग्रेस पार्टी जहिने पनि संघियता बिरोधि रहेकोले यस्तो निन्दनीय फोहरी राजनीति गरिरहेको आरोप लगाएका थिए। मानवीय नैतिकताको आधारमा कर्मचारी भएर पनि कर्मचारीको तलब तुरुन्त दिनुपर्छ नत्र भने आज कर्मचारीको आन्दोलन शान्ति आन्दोलन रहेछ यदि वहाँहरुको तलब भोलि सम्म पूरा भएन भने यो भन्दा कडा आन्दोलन हुनेछ र त्यस बाट हुने क्षतिको जिम्मेवारी कोलेनिकाका प्रमुखले लिनुपर्ने चेतावनी समेत डा. अंसारीले दिएका थिएका थिए।

Karaiya Mai Notice Winter

सबै बक्ताहरुले आफ्नो आक्रोश पोख्दै कोष तथा लेखा नियन्त्रक लाई चेतावनी दिदै आ-आफ्नो मन्तव्य राखेका थिए। कोलेनिका प्रमुख बिरेन्द्र प्रशाद घिमिरे लाई नै लिनु पर्छ भने चेतावनी दिएका छन्। नेपाली काङ्ग्रेसका पुर्व मेयर आज सम्म आफ्नो हार स्विकार गर्न नचाहेको कुराले म जे भन्छ, म जे गर्छु त्यही हुन्छ भन्ने धारणा र सोचका कारण आज हाम्रो पालिकामा आज यस्तो समस्या आएको नगर प्रमुख किशोरी प्रशाद जैसवालले सिआइ एन नेपाल संग कुरा गर्दै आफ्नो कुरा बाताएका थिए।

नगरपालिकाको खाता सञ्चालन गर्न लाई कोलेनिका प्रमुख घिमिरेले पुर्व मेयरको वहकावामा केही गर्न नसकेको र त्यस्मा प्रमुख जिल्ला अधिकारी र बारा प्रहरी प्रमुख पनि सामेल रहेको समेत वक्ताहरुले आरोप लगाएका छन्। कोलेनिकाका निमित्त प्रमुख दिपेन्द्र यादव संग बुझ्दा खाता खोल्नका लागि दिएको निवेदन बारे कुनै प्रक्रिया अगाडि नबढाएको र कोलेनिका प्रमुख संग बुझेर अगाडि बढ्ने बताएका छन्। खाता खोल्ने मुख्य प्रक्रिया भनेको लेखापाल र प्रमुख प्रशासकीय अधिकृतको रहेको तर हालको अवस्थामा लेखापाल नै नरहेको र कोलेनिकाले लेखापाल तोकेर नपठाएर अनेक प्रकारको बहाना बनाई खाता सञ्चालन गर्न नचाहेको मन्साय देखिएको आन्दोलनरत कर्मचारीको भनाई तथा बुझाई रहेको छ। अत: यो गतिविधि बारे संबंधित निकाय यदि समयमा ध्यानाकर्षण नगरे ठूलो क्षति बेहोर्नु पर्ने आन्दोलित कर्मचारीहरुको आन्दोलन तथा कोणसभामा दिएको अभिव्यक्तिले बुझ्न सकिन्छ। यस अर्थ कर्मचारीले अब राजनीतिक व्यक्तिको प्रभाव, दाबाव वा लोभलालचमा नपरी निष्ठापुर्वक आफ्नो काम कर्तव्य र अधिकारमा मात्र लाग्नु पर्ने अवस्था रहेको सबैमा चेत खुल्न आवश्यक रहेको देखिन्छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश