अछामको साँफेवगरस्थित वैद्यनाथ धाममा जारी कोटी होम महायज्ञको हवन कुण्डमा आगलागी भएको छ ।
शनिवार दिउँसो करिब १ः३० बजे हवन कुण्डमा आगलागी भएको स्थानीय राज बोगटीले बताए ।
१ सय ४४ वर्षमा एक पटक लाग्ने कोटी होम महायज्ञको हवन कुण्डमा के कसरी आगलागी भएको हो भन्ने विषय भने खुलेको छैन ।
यद्यपि तेलको ठाउँमा मट्टितेल पर्दा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
फागुन १० गतेदेखि शुरु भएको कोटी होम फागुन २५ गतेसम्म चल्ने छ ।