विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
Devatal holi 2082

प्रथम राष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह राजदरवारमा

सिम्रौन्गढ़ नपा psa

जनकपुर ।।  नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह सम्पन्न भएको छ । सोमबार राति हिन्दु परम्परा अनुसार जनकपुर स्थित होटेल राजदरवारमा अनिता र रमेशको विवाह सम्पन्न भएको हो । अनिताले रौतहटको विजयपुर नगरपालिका वडा नम्बर ७ स्थित फतुवा निवासी ३३ वर्षीय इञ्जिनियर रमेश यादवसँग विवाह गरेकी हुन् ।

karaiya holi 2082

सो अवसरमा पूर्वराष्ट्रपति यादवले छोरी र ज्वाईलाई रामायणको नेपाली र अंग्रेजी अनुवादको गरी २ थान जोडा किताब हस्तान्तरण गरेर सुखद दाम्पत्यको लागि आशिर्वाद दिएका थिए । विवाह राति साढे १० बजेदेखि हिन्दु परम्परा अनुसार सुरु भएको थियो । यस विवाहमा सरिक हुन करिब १ सय जना जन्ती आएका थिए । विवाहमा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, जनकपुरधाम उपमहानगरपालिकाको मेयर लालकिशोर साह लगायतको पनि सहभागिता रहेको थियो ।

Baragadhi holi 2082
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed