विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरियामा पहिलो पलट उपप्रमुख रूबी ठाकुर द्वारा सिलाई मेशिन वितरण ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता ४ चैत्र पोखरिया 

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

को पोखरिया नगरपालिकामा आज रुरल स्किल डेभलपमेन्ट  सेन्टर प्रा.लि. को आयोजना र पोखरिया नगरपालिकाको आर्थिक  सहयोगमा नगरपालिका को  वडा नम्बर ९ सेमरबारीमा चौकमा रहेको  सार्वजनिक धर्मशालामा संचालन भयको १ एक  महिने सिलाई कटाई तालिम सम्पन्न सहित सहभागीहरुलाई सिलाई मसिन पोखरिया नगरपालिकामा पहिलो पलट उप प्रमुख रूबी कुमारी ठाकुर द्वारा वितरण गरियको छ।

 

Karaiya Mai Notice Winter

नगरपालिकाको वडा नम्बर ३,६,७,८,९ र १० का महिलाहरुले संचालन गरिएको तालीममा सहभागी महिलाले सिलाई कटाई बुनाईको सीप सिकेका छन। महिलाले यसरी सीप सिकेर सिकेको सिपलाई जीवन उपयोगी बनाउदै आर्थिक रुपान्तरण गर्न सक्नु पर्ने पोखरिया नगरपालिकाका उप प्रमुख रुबी कुमारी  ठाकुरले बताएकी हुन ।

 

नगरपालिकाले पोखरियाका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले समय समयमा यस्ता विभिन्न तालीमको आयोजना गर्दै आएको छ। १ महिना सिलाई कटाई तालिमका सहभागीहरुलाई आज १२ जना सहभागी महिलाहरुलाई पोखरिया नगरपालिकाको  उप प्रमुख रुबी ठाकुरले प्रमाणपत्र तथा सिलाई कटाई मेसिन समेत सहभागीहरुलाई हस्तान्तरण गरेकी छीन ।

 

सिलाई कटाई तालिमको समापन कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष नौसाद आलमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा। सामाजिक शाखा प्रमुख वाल्मीकि साह, सहायक नरेन्द्र साह, प्रशासन तथा योजन साखा प्रमुख संजय पाण्डे, नेकपा एमाले नगर अध्यक्ष बिन्धाचल ठाकुर, शिक्षा शाखा प्रमुख बिजय कुमार  झा, नेता मनोज चौहान, रामअयोध्या कुर्मी, पारस ठाकुर लगायतकाहरुले मनतबय राखेका हुन ।

 

सो सिलाई कटाई तालीममा   बिन्दा देबी चौरसियाले  सहभागी महिलाहरुलाई प्रशिक्षण गराएकी छीन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed