CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा बसको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु

फेटा GP PSA
323
सिम्रौन्गढ़ नपा psa

 

रौ तहटको बाग्मती–चन्द्रपुर खण्डमा आइतबार दिउँसो बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । घटनापछि स्थानीयले मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा सवारी आवत् जावत् ठप्प पारेका छन् । अहिले त्यस क्षेत्रमा आवागमन बन्द भएको छ ।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Karaiya Mai Notice Winter

पश्चिमबाट सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर पूर्व जाँदै गरेको राई दाम्पतीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका राई दाम्पतीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याइएको थियो । अस्पतालले दुबैलाई मृत घोषित गरेको प्रहरीले जनायो ।

 

घटनास्थलमा इलाका प्रहरीका डिएसपी गौरब महत र ट्राफिक प्रहरी निरिक्षक शुसिल आचार्य सहितको टोली पुगेको छ । प्रहरीले बस चालक बारा कोल्बीका धनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतक परिवारले घटनास्थलबाट प्रहरीले शव उठाएको भन्दै प्रतिवाद गरेर सडक जाम गरेका छन् ।

 

अहिले ठुलो सख्यामा सवारीहरु रोकिएका छन् । प्रहरीले चक्काजाम खुलाउने प्रयास गरिरहेको छ ।

साभार कांतिपुर

 

 

 

 

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश