विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा बसको ठक्करबाट साइकलमा सवार दम्पतीको मृत्यु

सिम्रौन्गढ़ नपा psa

 

रौ तहटको बाग्मती–चन्द्रपुर खण्डमा आइतबार दिउँसो बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । घटनापछि स्थानीयले मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा सवारी आवत् जावत् ठप्प पारेका छन् । अहिले त्यस क्षेत्रमा आवागमन बन्द भएको छ ।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Karaiya Mai Notice Winter

पश्चिमबाट सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर पूर्व जाँदै गरेको राई दाम्पतीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका राई दाम्पतीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याइएको थियो । अस्पतालले दुबैलाई मृत घोषित गरेको प्रहरीले जनायो ।

 

घटनास्थलमा इलाका प्रहरीका डिएसपी गौरब महत र ट्राफिक प्रहरी निरिक्षक शुसिल आचार्य सहितको टोली पुगेको छ । प्रहरीले बस चालक बारा कोल्बीका धनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतक परिवारले घटनास्थलबाट प्रहरीले शव उठाएको भन्दै प्रतिवाद गरेर सडक जाम गरेका छन् ।

 

अहिले ठुलो सख्यामा सवारीहरु रोकिएका छन् । प्रहरीले चक्काजाम खुलाउने प्रयास गरिरहेको छ ।

साभार कांतिपुर

 

 

 

 

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed