विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

छारेरोग सम्बन्धी निबन्ध प्रतियोगितामा आर्दशका श्रेय प्रथम

सिम्रौन्गढ़ नपा psa

विराटनगर, चैत १३ गते ।

Karaiya Mai Notice Winter

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटलले अंग्रजी माध्यममा छारेरोग सम्बन्धी गरिएको निवन्ध प्रतियोगितामा आर्दश माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययन रता छात्र श्रेय शर्मा प्रथम भएको छ ।
शुक्रबार ‘वर्ल्ड पर्पल डे’ को अवसरमा पारेर छारेरोग सम्बन्धी अग्रेजी माध्यमको निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा द्धितीय दिल्ली पब्लिक स्कल कक्षा ९ की श्रृती यादव र तृतीय मेरिल्याण्ड कलेजका कक्षा ११ की सेमान्तीका पराजुली भएका थिए ।
उनीहरुलाई न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ न्यूरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्ट, एनसीएलका प्रतिनिधी अमर भट्टचार्यले पुरस्कार वितरण गरेका थिए ।
‘वर्ल्ड पर्पल डे’ मनाउनको लागि न्यूरोले एनसेलसँग सहकार्य गरेको छ । प्रत्येक एक सय जनामा एक जनामा छारे रोग लाग्ने गरेको विभिन्न तथ्यांकहरुले देखाएको छ । हस्पिटल स्थापना भएपछि न्यूरोमा हालसम्म २५ हजारभन्दा बढी छारे रोगका बिरामीको सफल उपचार गरेको अस्पतालले जानकारी दिएको छ । अहिले पनि करिब ३ हजार बिरामी नियमित उपचारको क्रममा रहेका छन् । न्यूरोमा छारे रोगको उपचारको लागि भरपर्दो रहेको न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ न्यूरोलोजिष्ट डा. वीरेन्द्र कुमार विष्टले बताए ।
मंगलबार विहान न्यूरोले प्रभातफेरी निकालेको हो । न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गरेर सोही ठाउँमा आएर सम्पन्न भएको थियो । प्रभातफेरीमा सहभागीहरुले ‘समयमा नै उपचार गरौं, छारेरोगबाट मुक्त हौं’, ‘अन्धविश्वसलाई हटाऊ, सबैमा जनचेतना जगाऊ’, ‘छारे रोग रोग होइन्, यो नशा रोगको लक्षण हो’, ‘छारे रोगबारे घर—घर टोल—टोलमा कुरा गरौं, अन्धविश्वासलाई हटाऊ’, ‘सबैमा जनचेतना जोगाऊ’ भन्ने मुख्य नारासहित प्लेकार्ड बोकेका थिए । प्रभातफेरीमा चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी र सर्वसाधारणहरुको उपस्थिती रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed