विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

करिब २० वर्षदेखि बन्द रहेको बीरगन्ज चिनी उद्योग पुनःसञ्चाल हुने !

करिब २० वर्षदेखि बन्द रहेको बीरगन्ज चिनी उद्योग सञ्चालन गर्ने तयारीमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १४ चैत्र बीरगंज 

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

करिब २० वर्षदेखि बन्द रहेको बीरगन्ज चिनी उद्योग सञ्चालन गर्ने तयारीमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

 

प्रधानमन्त्री दाहालले, सरकारले कारखाना शीघ्र सञ्चालन गर्ने तयारीमा रहेको बताएका छन् । कारखानाको स्थलगत अवलोकन गर्न आएको सङ्घीय संसदीय टोलीले कारखाना पुनःसञ्चालन गर्न सकिने निष्कर्ष निकाले पछि किसानहरू पनि हर्शित भएका छन् ।

२०२१ साल माघमा तत्कालीन सोभियत सङ्घको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालनमा आएको बीरगन्ज चिनी कारखानाले कुनै बेला देशभर चिनीको मागलाई धान्ने गरेको थियो । राज्यको पनि लगानी रहेको उक्त चिनी उद्योग पुनःसञ्चालनमा ल्याउन सकिए मुलुकको अर्थतन्त्रमा ठूलाे टेवा पुग्ने बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले बताए ।

 

Karaiya Mai Notice Winter

‘चिनी कारखानालाई पूर्ण क्षमतामा चलाउन सकेमा देशलाई आवश्यक पर्ने चिनी उत्पादन गर्न सकिने अवस्था छ’, अध्यक्ष अग्रवालले भने, ‘अहिले जति किसानले उखु उत्पादन गरिरहेका छन्, त्यसैमा उहाँहरूको क्षमता अभिवृद्धि गरेर उद्योगलाई पूर्ण क्षमतामा चलाउन सकिए पनि चिनीको उत्पादन बढाउन सकिन्छ ।

 

बीरगन्ज चिनी उद्योग सञ्चालक समितिका पूर्वअध्यक्ष हरि गौतमले भनछन्, ‘बीरगन्ज चिनी जस्ताे उद्योग बन्द हुनु मुलुकका लागि ठूलाे दुर्भाग्यकाे कुरा हो, यसलाइ पुनःसञ्चालन गर्न एकदमै आवश्यक छ ।

 

उपसमितिका संयोजक तथा बारा- ४ का प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले भने ‘बीरगन्ज चिनी कारखानाका बारेमा बाहिर जुन “बन्द चिनी उद्योग अवस्था हेर्दा फ्याक्ट्रीभित्र मेसिन छैन, चलाउनै सकिँदैन भनेर जस्ता गलत प्रचार भएको थियाे त्याे स्थलगत अवलोकनले स्पस्ट पर्याे,” उनले भने कारखाना पुनःसञ्चालन गर्न सकिछ ।

 

चिनी कारखानासँग जोडिएका प्राविधिक विज्ञ, अनुभवी साथीहरूसँग सल्लाह गरेर यो कारखानालाई कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा छलफल गरेर अगाडि बढ्ने उनले बताए । चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिले रुग्ण चिनी उद्योग पुनःसञ्चालन गर्न सरकारलाई सुझाएको सांसद श्रेष्ठले बताए ।

 

करिब २० वर्षदेखि चिनी कारखाना बन्द भएपछि कारखानाका नाममा रहेको अधिकांश जग्गा अतिक्रमणको चपेटमा छ भने गोदामघर जीर्ण र मेसिनमा खिया लागेको छ । कारखाना परिसर घारीमा परिणत भएको छ । साभार नेपाल पोस्ट

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed