विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

धाेबिनीमा गाँउपालिका अध्यक्षकै अगाड़ी कार्यपालिका सदस्य द्वारा कुटिए प्रमुख प्रशासकीय अधिकृत

धाेबिनीमा गाँउपालिका अध्यक्षकै अगाड़ी कार्यपालिका सदस्य द्वारा कुटिए प्रमुख प्रशासकीय अधिकृत

सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता २१ चैत्र बीरगंज 
प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
पर्सा 
काे धाेबिनी गाँउपालिकाका कर्मचारीहरु मंगलबार दिउँसोदेखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।कार्यपालिका सदस्य दिनेश प्रसाद साह कलवारले प्रमुख प्रशासकीय अधिकृत प्रमाेद कुमार साहलाई गाँउपालिका अध्यक्षकाे कार्यकक्षमै कुटपिट गरी घाइते बनाएकाे भन्दै गाँउपालिका कार्यालयकाे कामकाज ठप्प पारेर उनिहरु आन्दोलनमा उत्रिएका हुन्।
कार्यपालिका सदस्य कलवार अनुचित भुक्तानी दिन दबाब दिएकाे तर प्रमुख प्रशासकीय अधिकृत साहले नमानेपछि त्यसकै निहुँमा मंगलबार दिउँसो गाँउपालिका अध्यक्ष मदन चाैहानकाे कार्यकक्षमा चाैहानकै सामु कलवारले साहलाई हेलमेट र अध्यक्षकाे नेम्प्लेटले अन्धाधुन्ध प्रहार गरेर घाइते बनाएकाे आन्दोलनरत कर्मचारीहरुकाे आराेप छ।

 

 

Karaiya Mai Notice Winter
प्रमुख प्रशासकीय अधिकृत साहलाई कुटपिट गर्ने कार्यपालिका सदस्य कलवारलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरुले मंगलबार साँझ जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएका छन् ।कलवारलाई कारबाही नगरिएसम्म गाँउपालिका कार्यालयकाे कामकाज ठप्प नै रहने चेतावनीसमेत उनिहरुले ज्ञापनपत्र मार्फत दिएका छन् ।
यता मंगलबार गाँउपालिकामा सेवाका लागि पुगेका प्रत्यक्षदर्शीहरुले भने नियमित कार्यालयमा नआउने प्रमुख प्रशासकीय अधिकृत साह मंगलबार कार्यालयमा आएका बेला गाँउपालिका अध्यक्ष चाैहानले आफ्नाे कार्यकक्षमा बाेलाएर उनिसंग छलफल गर्ने क्रममा कार्यपालिका सदस्य कलवार र प्रमुख प्रशासकीय अधिकृत साहबिच विवाद भई हात हालाहाल भएकाे बताएका छन् ।
यसबारेमा बुझ्न गाँउपालिका अध्यक्ष चाैहानलाई उनकाे माेबाइलमा फाेन गरेर सम्पर्क गर्न खाेज्दा सम्पर्क हुन सकेन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed