विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

दुई जनालाई प्रहरी द्वारा पक्राउ

सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हुण्डी कारोबारमा दुई जनालाई प्रहरी द्वारा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सोमबार जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ मुसहर्वा स्थित सडक खण्डमा हरिकिशोर प्रसाद पटेलले प्रदेश २-०३-०१६ प २३३७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालमा लुकाई छुपाई गरि ल्याउने क्रममा श्रोत नखुलेको अवैध रकम सहित पक्राउ गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पक्राउ पर्नेमा मोटरसाइकल चालक पर्साको पोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा बस्ने असर्फि राउत कुर्मीको छोरा ३४ वर्षीय हरिकिशोर प्रसाद पटेल र बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने राजिन्द्र महतो कोईरीको छोरा ४२ वर्षीय रमेश प्रसाद कुशवाहा रहेका छन् ।

पटेलले दिएको बयानका आधारमा यसमा संलग्न कुशवाहा लाई पनि सोमबार नै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पटेलको साथ बाट विभिन्न दरको नेपाली रू. १३ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । उनिहरुको सथाबाट ४ थान मोबाइल पनि बरामद गरिएको छ । उनिहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसनधान कार्य भई रहेको बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed